आज को मौसम कस्तो छ
17 minutes ago
मङ्सिर १३गते ✍️ होप अनलाईन मिडिया
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका अधिकांश भागमा मौसम सामान्यतया सफा रहनेछ। यद्यपि, उच्च हिमाली भेग र केही पहाडी जिल्लामा आंशिक रूपमा बादल देखिन सक्ने अनुमान गरिएको छ।
दिउँसोको समयमा हिमाली भेगसँगै कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णालीका पहाडी इलाकामा आंशिक बदली रहनेछ। अरू ठाउँमा भने घाम लाग्ने र मौसम सफा रहने अपेक्षा छ। हिमाली क्षेत्रका एकाध ठाउँमा हल्का झरी वा हिउँ पर्ने सम्भावना पनि छ।
आज राति कोसी, वाग्मती र गण्डकीका हिमाली भूभागमा आंशिक बादल लाग्ने र ती क्षेत्रका एक–दुई ठाउँमा हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाले उल्लेख गरेको छ। बाँकी भूभागको मौसम भने राति मुख्यतया सफा रहनेछ।
त्यस्तै, भोलि बिहान काठमाडौं उपत्यका, नदी किनार तथा बेँसीका खोँच र तराईका केही भागमा बिहानीपख हुस्सु र कुहिरो देखिन सक्ने पूर्वानुमान गरिएको छ।
कांग्रेसको नाम र रुख चिह्नमा विवाद चर्कियो, अनधिकृत प्रयोग गर्नेलाई कानुनी घेरामा ल्याइने
सेवाग्राहि लाई हैरानि दिने सात विचाैलिया पक्राउ
नारायणगढ–मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने, मङ्सिर १३ देखि पहिरो नियन्त्रणको काम
एलपी ग्यासको आपूर्ति बढाउन उद्योगलाई आयल निगमको निर्देशन, अनावश्यक सञ्चिति नगर्न उपभोक्तालाई आग्रह
पाकिस्तान ‘ए’सँग नेपाल ९६ रनले पराजित, राइजिङ स्टार्स कपबाट बाहिरियो
सुनकोशी–मरिण आयोजना रोकिँदा किसानले बेहोरेको क्षतिको पनि हिसाब गर्न सांसद झाको माग
मकवानपुरका दुई स्थानबाट गाँजा र धुलोसहित चार युवा पक्राउ
क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा
कात्तिक २० गते शुक्रबार को राशिफल