प्रतिनिधिसभा सदस्य निर्वाचन आज : देशभर बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान
5 days ago
फागुन २१गते ✍️ होप अनलाईन मिडिया
जनआन्दोलनपछिको विशेष राजनीतिक परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज देशभर मतदान भइरहेको छ। नेपालका सबै ७७ जिल्लामा बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म एकै चरणमा मतदान गर्ने व्यवस्था गरिएको छ।
संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि प्रतिनिधिसभाको यो तेस्रो निर्वाचन हो। यसअघि २०७४ र २०७९ सालमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भइसकेका छन्।
यस निर्वाचनमा प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिक प्रणालीतर्फ ११० सिटका लागि प्रतिस्पर्धा भइरहेको छ। प्रत्यक्ष निर्वाचन प्रणालीमा ६५ वटा राजनीतिक दलले ६१ प्रकारका निर्वाचन चिह्नसहित चुनावी प्रतिस्पर्धा गरिरहेका छन्।
प्रत्यक्षतर्फ तीन हजार ४०६ उम्मेदवार मैदानमा छन्, जसमा तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य उम्मेदवार रहेका छन्। समानुपातिकतर्फ भने तीन हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन्, जसमा एक हजार ३६३ पुरुष र एक हजार १,७७२ महिला उम्मेदवार समावेश छन्।
निर्वाचन आयोगका अनुसार यसपटकको निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता सहभागी हुनेछन्। मतदातामध्ये ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य मतदाता रहेका छन्। यसबाहेक एक लाख ८६ हजार १४२ अस्थायी मतदाता पनि कायम गरिएको छ।
देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र तोकिएको छ भने १४३ अस्थायी मतदानस्थल पनि व्यवस्था गरिएको छ। ज्येष्ठ नागरिक, गर्भवती महिला, अपाङ्गता भएका व्यक्ति तथा अशक्त मतदातालाई सहज मतदानका लागि विशेष प्राथमिकता दिइएको निर्वाचन आयोगले जनाएको छ।
निर्वाचनलाई सुरक्षित र व्यवस्थित बनाउन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। जसअन्तर्गत ७९ हजार ७२७ नेपाली सेना, ७५ हजार ७९७ नेपाल प्रहरी, ३४ हजार ५६७ सशस्त्र प्रहरी बल, एक हजार ९२१ राष्ट्रिय अनुसन्धानका कर्मचारी तथा एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी खटिएका छन्। साथै निर्वाचन सञ्चालनका लागि दुई लाख १५ हजार कर्मचारी परिचालन गरिएको छ।
निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फ गरी कुल चार करोड २२ लाख ५१ हजार २०० मतपत्र छपाइ गरी देशभरका मतदान केन्द्रमा पुर्याइसकिएको आयोगले जनाएको छ।
यस निर्वाचन प्रक्रियाको अवलोकनका लागि चार अन्तर्राष्ट्रिय तथा ३९ राष्ट्रिय संस्थाका पर्यवेक्षक खटिएका छन्। उच्च पदस्थ नेतृत्वले पनि नागरिकलाई उत्साहपूर्वक मतदान प्रक्रियामा सहभागी हुन आह्वान गरेका छन्।
रामेछाप दुर्घटना :दुई जना को मृत्यु ५घाईते
निर्वाचन सुरक्षाका लागि आज रातीदेखि अन्तर्राष्ट्रिय सीमा नाका बन्द
यूएईमा भएको हवाई आक्रमणमा एक नेपालीको मृत्यु
आज को मौसम कस्तो छ
सिन्धुलि को मरिण मा नेपालि कामदार र चिनियाँ कामदार विच झडप हुदा ७जना घाइते
त्रिशुलि मा रात्रि बस खस्दा १८जना को मृत्यु २४जना घाइते
तारकेश्वर नगरपालिका–१० मनमैंजु क्षेत्रमा एक घरभित्र पसेको चितुवालाई सकुशल नियन्त्रणमा लिईयाे
रौतहट जिल्लामा दुई समुदायबीच भएको झडप चर्किएपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी
निर्वाचन आयोग ले राजनीतिक दल र उम्मेदवारहरूलाई आफ्ना घोषणापत्र अनिवार्य रूपमा आयोगमा दर्ता गराउन निर्देशन
आज काठमाडौं बिभिन्न ठाउँ बति जाने

