यूएईमा भएको हवाई आक्रमणमा एक नेपालीको मृत्यु
7 hours ago
फागुन १७गते ✍️ होप अनलाईन मिडिया
संयुक्त अरब इमिरेट्स (यूएई) मा हालै भएको हवाई आक्रमणमा एक नेपाली नागरिकको ज्यान गएको पुष्टि भएको छ। यूएईस्थित नेपाली दूतावासले घटनामा एक नेपाली नागरिकको मृत्यु भएको जानकारी दिएको हो।
यूएईका लागि नेपाली राजदूत तेज बहादुर क्षेत्री का अनुसार मृत्यु हुने व्यक्तिको पहिचान सार्वजनिक गरिएको छैन। दूतावासले सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक प्रक्रिया अघि बढाइरहेको जनाएको छ।
यूएईको रक्षा मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार उक्त आक्रमणमा एक नेपालीसहित एक बंगलादेशी र एक पाकिस्तानी नागरिकले ज्यान गुमाएका छन्। आक्रमण दुबई र अबुधाबीस्थित विमानस्थललाई लक्षित गरी ड्रोनमार्फत गरिएको बताइएको छ।
मध्यपूर्व क्षेत्रमा पछिल्लो समय बढ्दो तनावका बीच अमेरिका र इजरायलद्वारा इरानमाथि गरिएको आक्रमणपछि इरानले विभिन्न देशमा रहेका अमेरिकी सैन्य आधारलाई लक्षित गर्दै प्रत्याक्रमण गरिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।
घटनापछि यूएईमा सुरक्षा सतर्कता बढाइएको छ भने त्यहाँ रहेका नेपाली नागरिकलाई सुरक्षित रहन दूतावासले अनुरोध गरेको छ।
निर्वाचन सुरक्षाका लागि आज रातीदेखि अन्तर्राष्ट्रिय सीमा नाका बन्द
आज को मौसम कस्तो छ
त्रिशुलि मा रात्रि बस खस्दा १८जना को मृत्यु २४जना घाइते
तारकेश्वर नगरपालिका–१० मनमैंजु क्षेत्रमा एक घरभित्र पसेको चितुवालाई सकुशल नियन्त्रणमा लिईयाे
रौतहट जिल्लामा दुई समुदायबीच भएको झडप चर्किएपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी
निर्वाचन आयोग ले राजनीतिक दल र उम्मेदवारहरूलाई आफ्ना घोषणापत्र अनिवार्य रूपमा आयोगमा दर्ता गराउन निर्देशन
आज काठमाडौं बिभिन्न ठाउँ बति जाने
पैदल यात्रु लाई मुक्का प्रहार गर्ने चालक पक्राउ

