२०८१ असार १८, मंगलवार

विज्ञान त्रिपाठी काे मुक्तक

6 months ago

सपनाको हत्या


 

विज्ञान त्रिपाठी (काठमाडौ )
रहर त मलाई पनि कहाँ छ र देश छोडन्
वाध्यता र विवस्ताले निचर्यो मलाई
त्यो दिन, त्यही रात सबै झल्को आउँछ
जब बुबा रुनुहुनथ्यो मेरो हात समाई

आज ओर्लिएको छु म देश छोड्नका लागि
आमा, बुबा, जन्मभुमी सबैको माया त्यागि
के त्यही गोलीका लागि म रोडमा आज उत्रिएँ
के त्यही मृत्त्युको लागि म नेपालमा जन्नमिएँ

यहि बेरोजगारीकै कारण कयौँले ठोक्कर खाए
त्यस्केै आवाज उठाउँदा आज गोलीको उत्तर पाएँ
अरु केही नदिए पनि देशले आजादी मलाई दियो
बिना कुनै कष्ट, एकै गोलीमा साँस मेरो लियो

एक मुठी सपनाको साथ तयार थिए भाग्य फेर्न
जनताको भलो,कहाँ सकथ्यो र राज्यले देख्न
गरी कयौँ कुष्ट आज सम्म यहाँ बाँचियो
केवल एक गोली, जीवनको कलम भाँचियो॥