२०८१ असार १८, मंगलवार

शान्ती श्री परियार र सचिन भट्टराईको ‘वनैमा स्याऊला छ’ बोलको गीतले बजार तताउदै,फरक लुक्समा नारायणी

2 years ago

गायक रविन लामिछानेको उत्कृष्ट लय,शब्द र रचनामा सचिन भट्टराईको नयाँ लोक दोहोरी गित ‘वनैमा स्याऊला छ’ आफ्नै youtube च्यानल(Sachin Bhattarai official)  मार्फत बजारमा भखर्रै सार्वजनिक गरियको छ ।

गीतमा शान्ती श्री परियार र सचिन भट्टराईले आवाज दिएका छन् । गितमा सुनिल परियारको संगित संयोजन रहेको छ । निकै मौलिक शब्दहरुमा सजिएको उक्त गितमा प्रेमिकल जोडीहरुको मायाप्रेमको विषयबस्तु चित्रण गरिएको छ । गितको अडियो र भिडियो मिश्रीत रुपमा उत्कृष्ट वनेको छ ।

सचिन भट्टराई पछिल्लो समय उदयमान् गोरखाली गायकको रुपमा चिनिएका छन् । लाईभ दोहोरीमा निकै प्रख्खर भट्टराईले आधा दर्जन गितमा आवाज भरिसकेका छन् । नक्कली कान्छी, चोली ढाकाले, छड्के छाता लगायत गितहरु चर्चाको शिखरमा छन् । भट्टराईले गाएका लाईभ दोहोरी पनि निकै रुचाईएका छन् ।

भिडियोमा गायक स्वयम् आफै सचिन भट्टराई, नारायणी खत्री र खड्का ब. पुन मगर ख ब पु को फिचरिंग रहेको छ । प्रकाश भट्टको निर्देशन एवम् कोरियोगाफ्रीमा रहेको भिडियोलाई आकर्षक फ्रेममा प्रकाश खड्काले खिचेका छन् । भिडियोलाई उत्तम कुमार कार्किले सम्पादन गरेका छन् ।