शान्ती श्री परियार र सचिन भट्टराईको ‘वनैमा स्याऊला छ’ बोलको गीतले बजार तताउदै,फरक लुक्समा नारायणी
4 years ago
गायक रविन लामिछानेको उत्कृष्ट लय,शब्द र रचनामा सचिन भट्टराईको नयाँ लोक दोहोरी गित ‘वनैमा स्याऊला छ’ आफ्नै youtube च्यानल(Sachin Bhattarai official) मार्फत बजारमा भखर्रै सार्वजनिक गरियको छ ।
गीतमा शान्ती श्री परियार र सचिन भट्टराईले आवाज दिएका छन् । गितमा सुनिल परियारको संगित संयोजन रहेको छ । निकै मौलिक शब्दहरुमा सजिएको उक्त गितमा प्रेमिकल जोडीहरुको मायाप्रेमको विषयबस्तु चित्रण गरिएको छ । गितको अडियो र भिडियो मिश्रीत रुपमा उत्कृष्ट वनेको छ ।
सचिन भट्टराई पछिल्लो समय उदयमान् गोरखाली गायकको रुपमा चिनिएका छन् । लाईभ दोहोरीमा निकै प्रख्खर भट्टराईले आधा दर्जन गितमा आवाज भरिसकेका छन् । नक्कली कान्छी, चोली ढाकाले, छड्के छाता लगायत गितहरु चर्चाको शिखरमा छन् । भट्टराईले गाएका लाईभ दोहोरी पनि निकै रुचाईएका छन् ।
भिडियोमा गायक स्वयम् आफै सचिन भट्टराई, नारायणी खत्री र खड्का ब. पुन मगर ख ब पु को फिचरिंग रहेको छ । प्रकाश भट्टको निर्देशन एवम् कोरियोगाफ्रीमा रहेको भिडियोलाई आकर्षक फ्रेममा प्रकाश खड्काले खिचेका छन् । भिडियोलाई उत्तम कुमार कार्किले सम्पादन गरेका छन् ।
निर्वाचन आयुक्तका प्रस्तावित दुई उम्मेदवारको आज संसदीय सुनुवाइ
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा
सर्वाधिक इन्धन कारोबार गर्ने पेट्रोलपम्प सार्वजनिक, भैरवी इन्टरप्राइजेज लगातार तेस्रो वर्ष शीर्ष स्थानमा
अर्जेन्टिनालाई पराजित गर्दै स्पेन दोस्रो पटक विश्वकप विजेता
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते, एकको अवस्था चिन्ताजनक
असार २९गते सोम वार को राशिफल