भारत भ्रमणमा निस्किए परराष्ट्रमन्त्री खनाल, द्विपक्षीय सहकार्य विस्तारमा जोड
14 hours ago
जेठ २२, २०८३✍️ होप अनलाईन मिडिया
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल आजदेखि भारतको औपचारिक भ्रमणमा जानुभएको छ । भारतीय विदेशमन्त्री एस जयशङ्कर को मैत्रीपूर्ण निमन्त्रणामा सुरु भएको भ्रमण आइतबारसम्म चल्ने जनाइएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा नयाँ दिल्लीमा नेपाल–भारत सम्बन्धका विविध विषयमा उच्चस्तरीय भेटवार्ता हुने कार्यक्रम तय गरिएको छ । विशेषगरी व्यापार, लगानी, ऊर्जा, यातायात सम्पर्क तथा जनस्तरको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल केन्द्रित रहने बताइएको छ ।
दुवै देशबीच नियमित रूपमा हुँदै आएको उच्चस्तरीय भ्रमण आदानप्रदानअन्तर्गत यो भ्रमणलाई महत्वपूर्ण रूपमा हेरिएको छ । यसले नेपाल र भारतबीचको बहुआयामिक सम्बन्धलाई अझ प्रगाढ बनाउने अपेक्षा गरिएको सरकारी धारणा छ ।
यसैबीच मन्त्री खनालले सरकार सुशासन, आर्थिक सुधार र दिगो विकासप्रति प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको छ । नागरिकको बढ्दो अपेक्षा पूरा गर्न सरकार, निजी क्षेत्र, विकास साझेदार तथा सरोकारवाला निकायबीच प्रभावकारी सहकार्य आवश्यक रहेको उहाँको भनाइ छ ।
उहाँले परम्परागत कार्यशैली परिवर्तन गर्दै परिणाममुखी विकासलाई प्राथमिकतामा राखिएको बताउनुभयो । राष्ट्रिय हितलाई केन्द्रमा राख्दै अन्तर्राष्ट्रिय साझेदारीलाई अझ सुदृढ बनाउने नीति सरकारले अघि बढाएको पनि उहाँले स्पष्ट पार्नुभयो ।
परराष्ट्रमन्त्री खनालले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको आवाज प्रभावकारी रूपमा प्रस्तुत गर्ने प्रयास भइरहेको उल्लेख गर्दै विकास साझेदारीलाई थप व्यवस्थित र उपलब्धिमूलक बनाउनुपर्नेमा जोड दिनुभयो । स्थानीय तहलाई सशक्त बनाउँदै दिगो शान्ति, विकास र समृद्धिका लक्ष्य हासिल गर्न सबै पक्षको साझा प्रयास आवश्यक रहेको उहाँको भनाइ थियो ।
विदेशबाट फर्किने नेपालीका लागि नयाँ भन्सार सुविधा लागू
नेपालमा पर्यटक आगमन बढ्दो, मे महिनामै एक लाखभन्दा बढी विदेशी भित्रिए
धालिलो हतियार प्रहार गरि श्रीमति को हत्या गर्ने श्रीमान पक्राउ
दैलेखमा पेट्रोलियम उत्खननको नयाँ तयारी, दोस्रो चरणको सम्झौता हुँदै
महोत्तरी को जिल्ला वन को गाडि आगजनि विपि राज मार्ग अवरुद्ध
सुन कोसि मा डुबेर दुई बालक को ज्यान गयो
सरकारले नयाँ सार्वजनिक सवारी साधन दर्तामा रोक लगाउने निर्णय
शंखमुल फिडर क्षेत्रमा आज केही समय विद्युत् सेवा अवरुद्ध हुने
पोखरा महानगरपालिकाले फिर्केखोला र पृथ्वीचोक बसपार्क क्षेत्रको अतिक्रमित जग्गा खाली गराउने
सिन्धुलि को भिमान बाट लागूऔषधसहित दुई जना पक्राउ