लुटपाट र चोरि को आरोप मा मरिण सिन्धुली को माझि सहित तिनजाना पक्राउ
2 weeks ago
असोज २२ गते ✍️ होप अनलाईन मिडिया
काठमाडौं उपत्यकामा लुटपाट, मोटरसाइकल चोरी तथा सुनका गरगहना लुट्ने घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार विशेष सूचनाका आधारमा गरिएको प्रहरी कारबाहीमा सिन्धुलीको मरिण गाउँपालिका–५ का २४ वर्षीय आयन माझी, मकवानपुरका ३६ वर्षीय मनोजकुमार मोक्तान र ३४ वर्षीय राकेश थिङ भक्तपुरको ठिमी क्षेत्रबाट पक्राउ परेका हुन्।
प्रहरीका अनुसार पक्राउ गर्ने क्रममा आयन माझीले प्रहरीमाथि धारिलो हतियार प्रहार गरी भाग्ने प्रयास गरेका थिए। त्यसपछि प्रहरीले गोली चलाएको र गोली लागेका उनलाई नियन्त्रणमा लिएर उपचार तथा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दिलीप घिमिरेका अनुसार प्रारम्भिक अनुसन्धानमा पक्राउ परेका समूहले उपत्यकाका विभिन्न स्थानमा एक्लै हिँड्ने मानिसलाई लक्षित गर्दै लुटपाट गर्ने गरेको खुलेको छ।
प्रहरीको प्रारम्भिक विवरणअनुसार उनीहरूले बाटो वा ठेगाना सोध्ने बहानामा महिला तथा पुरुषलाई अलमल्याउने, नियन्त्रणमा लिने र घाँटीमा लगाएका सुनका सिक्रीलगायतका गरगहना खोसेर भाग्ने गरेको आरोप छ। घटनापछि पहिचान लुकाउन उनीहरूले पटक–पटक सवारीसाधन परिवर्तन गर्ने गरेको पनि अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ।
प्रहरीका अनुसार उक्त समूह १५ भन्दा बढी मोटरसाइकल चोरी तथा काठमाडौं उपत्यकाका विभिन्न प्रहरी कार्यालयमा दर्ता भएका २७ भन्दा बढी चोरी तथा लुटपाटका घटनासँग जोडिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।
मुख्य अभियुक्त भनिएका आयन माझी यसअघि पनि डाँका तथा चोरीसम्बन्धी मुद्दामा पक्राउ परी कारागार बसेर छुटेको प्रहरीको दाबी छ। पछिल्लो अनुसन्धानका क्रममा उनले जेन–जी आन्दोलनका क्रममा लुटिएका अत्याधुनिक हतियार खरिद गर्ने योजना बनाएकोसमेत खुलेको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरूको साथबाट लुटपाटमा प्रयोग गरिएको भनिएका दुईवटा मोटरसाइकल, पाँचवटा नक्कली नम्बर प्लेट र एउटा धारिलो हतियार (खुकुरी) बरामद गरिएको एसएसपी घिमिरेले जानकारी दिए।
प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको पहिचान तथा खोजी जारी राखेको जनाएको छ। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
असोज २४ गते शनिबार को राशिफल
असोज २३ गते शुक्रबार को राशिफल
असोज २२ गते विहिवार को राशिफल
असोज २१ गते बुधबार को वार को राशिफल
भालुको पित्त र हात्तीको दाह्रासहित सिन्धुली र काठमाडौं बाट तिन जाना पक्राउ
दशै को टिका को साईत विहान १० बजेर २६ मिनेट मा
नेपाली कांग्रेस १५ औँ महाधिवेशन: ७,११४ महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली सार्वजनिक
चट्याङ को झिल्का भेट्दा सात जाना घाइते