काभ्रे बस दुर्घटना : सत्यतथ्य पत्ता लगाउन ६ सदस्यीय छानबिन समिति गठन
2 months ago
जेठ ३० गते ✍🏿 होप अनलाईन मिडिया
काभ्रेको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोट क्षेत्रमा भएको दुःखद बस दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन विशेष छानबिन समिति गठन गरिएको छ। दुर्घटनापछि घटनाको निष्पक्ष अनुसन्धान गरी जिम्मेवार पक्ष पहिचान गर्ने उद्देश्यले समिति बनाइएको हो।
प्राप्त जानकारीअनुसार नेपाल प्रहरी प्रदेश कार्यालय काभ्रेका एसएसपी कमल थापाको नेतृत्वमा ६ सदस्यीय समिति गठन गरिएको छ। समितिलाई दुर्घटनाको कारण, सम्भावित कमजोरी तथा जिम्मेवार निकाय वा व्यक्तिको पहिचान गरी विस्तृत प्रतिवेदन सात दिनभित्र पेश गर्न निर्देशन दिइएको छ।
गत शुक्रबार बनेपाबाट रोशी खार्पाचोकतर्फ जाँदै गरेको बा३ख ८३९८ नम्बरको यात्रुवाहक बस बुच्चाकोट क्षेत्रमा सडकबाट करिब ३०० मिटर तल खस्दा भीषण दुर्घटना भएको थियो। दुर्घटनामा आठ जनाले ज्यान गुमाएका थिए भने अन्य १६ जना यात्रु घाइते भएका छन्।
घाइतेहरूको उपचार हाल धुलिखेल अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि स्थानीय प्रशासन, प्रहरी तथा सरोकारवाला निकायहरूले घटनाको गम्भीर अनुसन्धान थालेका छन्। छानबिन समितिको प्रतिवेदनपछि दुर्घटनाको वास्तविक कारण सार्वजनिक हुने अपेक्षा गरिएको छ।
सांसदमाथि कालो माेसाे प्रहार प्रकरण : दुई युवक पक्राउ, थप अनुसन्धान जारी
निर्वाचन आयुक्तका प्रस्तावित दुई उम्मेदवारको आज संसदीय सुनुवाइ
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा
सर्वाधिक इन्धन कारोबार गर्ने पेट्रोलपम्प सार्वजनिक, भैरवी इन्टरप्राइजेज लगातार तेस्रो वर्ष शीर्ष स्थानमा
अर्जेन्टिनालाई पराजित गर्दै स्पेन दोस्रो पटक विश्वकप विजेता
कुलेश्वरमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली, दुई जना घाइते
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते, एकको अवस्था चिन्ताजनक
असार २९गते सोम वार को राशिफल