२०८३ असार ४, बिहिवार

इरानसँगको सहमति अझै अन्तिम चरणमा पुगेको छैन : ट्रम्प

7 hours ago

 

असार ४गते ✍🏿 होप अनलाईन मिडिया

अमेरिकी राष्ट्रपति  ले इरानसँग भएको सहमति अझै अन्तिम सम्झौता नभएको स्पष्ट पार्नुभएको छ। फ्रान्समा सम्पन्न जी–सेभेन सम्मेलनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले हालसम्म दुवै पक्षबीच प्रारम्भिक समझदारी मात्र भएको र औपचारिक सम्झौताका विषयमा थप छलफल आवश्यक रहेको बताउनुभयो।

ट्रम्पले इरानले सहमतिअनुसारका प्रतिबद्धता पूरा गरेमा मात्रै अन्तिम सम्झौता सम्भव हुने उल्लेख गर्दै त्यसको कार्यान्वयनलाई नजिकबाट निगरानी गरिने बताउनुभयो। उहाँका अनुसार यदि इरानले सहमतिका सर्तहरू पालना नगरेमा अमेरिकाले कडा कदम चाल्न सक्नेछ।

केही दिनअघि ट्रम्पले इरानसँगको तनाव अन्त्य गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको र निकट भविष्यमा औपचारिक दस्तावेजमा हस्ताक्षर हुन सक्ने संकेत दिनुभएको थियो। तर पछिल्लो अभिव्यक्तिमा उहाँले सम्झौताका सबै बुँदामा सहमति जुट्न बाँकी रहेको उल्लेख गर्नुभएको छ।

ट्रम्पले सम्भावित सहमतिलाई आफ्नो कूटनीतिक प्रयासको उपलब्धि भन्दै यसअघि विभिन्न अन्तर्राष्ट्रिय प्रयास सफल हुन नसकेको दाबी पनि गर्नुभयो। साथै, इरानले प्रतिबद्धताअनुसार व्यवहार गरेमा क्षेत्रीय स्थायित्व बढ्ने र होर्मुज जलडमरूमध्यमार्फत तेल आपूर्तिमा समेत सहजता आउने विश्वास व्यक्त गर्नुभयो।

यस विषयमा इरानको औपचारिक प्रतिक्रिया भने सार्वजनिक भइसकेको छैन।