कार्तिक ४, २०८३

रसुवाको भोटेकोशीमा आएको बाढीबाट १५७ जनाको मृत्यु पुग्यो उद्दार कार्य जारि

2 months ago

 

भदौ ११गते ✍️ होप अनलाईन मिडिया

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण विभिन्न जिल्लामा मृत्यु हुनेको संख्या १५७ पुगेको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार मृतकमध्ये ३४ महिला, ६३ पुरुष, ६ बालिका र ७ बालक रहेका छन् भने ४७ जनाको पहिचान अझै खुल्न सकेको छैन।

प्रहरीका अनुसार रसुवामा ३ जना पुरुषको शव फेला परेको छ। नुवाकोटमा ६ महिला र ७ पुरुषको शव भेटिएको छ।

धादिङमा १० महिला, १० पुरुष, १ बालिका तथा पहिचान नखुलेका ६ जनाको शव फेला परेको प्रहरीले जनाएको छ। गोरखामा २ महिला, ८ पुरुष, १ बालक र पहिचान खुल्न नसकेका ८ जनाको शव भेटिएको छ।

यस्तै, चितवनमा १३ महिला, १८ पुरुष, १ बालिका, ४ बालक तथा पहिचान नखुलेका २८ जनाको शव फेला परेको छ। तनहुँमा १ महिला, ५ पुरुष, १ बालिका, १ बालक र पहिचान नखुलेका १ जनाको शव भेटिएको छ।

नवलपरासी पूर्वमा २ महिला, १२ पुरुष, ३ बालिका, १ बालक तथा पहिचान नखुलेका ४ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।

बाढीपछि प्रभावित क्षेत्रहरूमा बेपत्ता तथा मृतकको खोजी, उद्धार र पहिचानको काम जारी रहेको छ। प्रहरीले नदी तथा आसपासका क्षेत्रमा अझै जोखिम रहेकाले स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।