सुनजस्तो धातु देखाएर करोडौँ ठगी गरेको आरोपमा फरार कैदी पक्राउ
1 month ago
भदौ २८गते ✍️ होप अनलाईन मिडिया
सुनजस्तो देखिने पहेँलो धातु देखाएर ठूलो रकम ठगी गरेको आरोपमा प्रहरीले एक फरार कैदीलाई काठमाडौंको टोखाबाट पक्राउ गरेको छ।
ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–१ का अनिष थापालाई काठमाडौं प्रहरी परिसरबाट खटिएको विशेष टोलीले शनिबार टोखा नगरपालिका–९, मिलनटोलस्थित एक गेष्ट हाउसबाट नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार थापामाथि सुनजस्तो धातु देखाएर विभिन्न व्यक्तिबाट करिब १ करोड ३९ लाख ३० हजार रुपैयाँ ठगी गरेको आरोप छ। उनी यसअघि जबर्जस्ती करणीसम्बन्धी कसुरमा दोषी ठहर भई नक्खु कारागारमा सजाय काटिरहेका बेला गत वर्ष भदौ २४ गते कारागारबाट फरार भएका कैदी समेत हुन्।
पक्राउ परेका थापामाथि ठगीसम्बन्धी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
स्रोत नखुलेको १३ लाख ७५ हजारसहित अर्का व्यक्ति पक्राउ
यसैबीच, प्रहरीले स्रोत नखुलेको ठूलो रकमसहित एक व्यक्तिलाई काठमाडौंमा पक्राउ गरेको छ।
काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–३ का युवराज घतानीलाई १३ लाख ७५ हजार रुपैयाँ नगदसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
स्कुटरमा केशरमहलतर्फ जाँदै गरेका घतानीमाथि शंका लागेपछि प्रहरीले जाँच गरेको थियो। खानतलासीका क्रममा उनको साथबाट उक्त रकम बरामद भएको बताइएको छ।
प्रहरीले घतानी हुण्डी कारोबारमा संलग्न रहेको आशंकामा अनुसन्धान अघि बढाएको जनाएको छ। रकमको स्रोत तथा कारोबारसम्बन्धी थप विवरण अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ।
असोज २४ गते शनिबार को राशिफल
असोज २३ गते शुक्रबार को राशिफल
लुटपाट र चोरि को आरोप मा मरिण सिन्धुली को माझि सहित तिनजाना पक्राउ
असोज २२ गते विहिवार को राशिफल
असोज २१ गते बुधबार को वार को राशिफल
भालुको पित्त र हात्तीको दाह्रासहित सिन्धुली र काठमाडौं बाट तिन जाना पक्राउ
दशै को टिका को साईत विहान १० बजेर २६ मिनेट मा