साउदी अरबमा ड्रोन आक्रमणको भग्नावशेष ले लागेर नेपालीको मृत्यु, नेपालद्वारा दुःख व्यक्त
17 hours ago
कात्तिक ५गते ✍️ होप अनलाईन मिडिया
साउदी अरबको सायबाहस्थित तेल क्षेत्रमा भएको ड्रोन आक्रमणलाई निष्क्रिय पार्ने प्रयासका क्रममा खसेको भग्नावशेष लागेर एक नेपाली नागरिकको मृत्यु भएको छ। विदेशमा कार्यरत नेपालीको ज्यान गएको यस घटनाप्रति नेपाल सरकारले गहिरो दुःख व्यक्त गरेको छ।
परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्ति सार्वजनिक गर्दै मृतक नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ। मन्त्रालयले शोकमा रहेका परिवार तथा आफन्तजनप्रति समवेदना प्रकट गर्नुका साथै घटनामा घाइते भएकाहरूको स्वास्थ्यमा शीघ्र सुधार आउने विश्वास व्यक्त गरेको छ।
नेपाल सरकारले सर्वसाधारणको जीवन र महत्त्वपूर्ण भौतिक संरचनालाई जोखिममा पार्ने कुनै पनि प्रकारका आक्रमणको विरोध गरेको छ। नागरिकको सुरक्षा र पूर्वाधारको संरक्षणलाई बेवास्ता गर्दै गरिने यस्ता गतिविधि निन्दनीय रहेको सरकारको धारणा छ।
नेपालले द्वन्द्व र विवाद समाधानका लागि हिंसात्मक बाटोभन्दा संवाद, वार्ता र कूटनीतिक प्रयासलाई प्राथमिकता दिनुपर्ने आफ्नो मान्यता पनि दोहोर्याएको छ। समस्याको शान्तिपूर्ण समाधान खोज्न सम्बन्धित सबै पक्षलाई संयम अपनाउन र कूटनीतिक पहललाई निरन्तरता दिन मन्त्रालयले आग्रह गरेको छ।
असोज २४ गते शनिबार को राशिफल
असोज २३ गते शुक्रबार को राशिफल
लुटपाट र चोरि को आरोप मा मरिण सिन्धुली को माझि सहित तिनजाना पक्राउ
असोज २२ गते विहिवार को राशिफल
असोज २१ गते बुधबार को वार को राशिफल
भालुको पित्त र हात्तीको दाह्रासहित सिन्धुली र काठमाडौं बाट तिन जाना पक्राउ
दशै को टिका को साईत विहान १० बजेर २६ मिनेट मा