बिश्व कप फुटबल अन्तर्गतगत जापान र दक्षिण काेरिया हार सगै बिश्वकप बाट बाहिरियो
3 years ago
मङ्सिर २०गते :ब्राजिल फिफा विश्वकप फुटबल २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । कतारमा आज मध्यरातमा भएको प्रि-क्वाटरफाइनल खेलमा ब्राजिलले दक्षिण कोरियालाई ४-१ गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
ब्राजिलका लागि खेलको ७औँ मिनेटमा भिनी जुनियरले गोल गर्दै अग्रता दिलाए भने खेलको १३औँ मिनेटमा पेनाल्टीमार्फत् गोल गर्दै नेयमारले अग्रता दोब्बर बनाए । त्यस्तै खेलको २९औँ मिनेटमा रिचार्लिसन र ३६औँ मिनेटमा लुकास पाक्वेटाले गोल गरेपछि ब्राजिलले पहिलो हाफमा ४-० ले अग्रता लियो ।
खेलको ७६औँ मिनेटमा पाइक सेउङले दक्षिण कोरियाका लागि सान्त्वना गोल गरे । त्यसपछि खेलमा कुनै गोल भएन र ब्राजिलले खेल ४-१ गोलअन्तरले आफ्नो पक्षमा पार्यो ।
यसैअघि हिजो राती भएको खेलमा जापानलाई हराउँदै क्रोएसिया पनि क्वाटरफाइनलमा पुगेको छ । कतारको अल जनौब रङ्गशालामा भएको प्रि-क्वाटरफाइनल खेलमा जापानलाई टाइब्रेकरमा पराजित गर्दै क्रोएसिया क्वाटरफाइनलमा पुगेको हो ।
खेलको ४३औं मिनेटमा जापानका लागि डेइजेन मेइदाले गोल गर्दै अग्रता दिलाए पनि खेलको ५५औं मिनेटमा क्रोएसियाका लागि इभान पेरिसिकले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
त्यसपछि निर्धारित ९० मिनेटमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा पुग्यो । अतिरिक्त समयमा पनि दुवै टोलीबाट कुनै गोल नभएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।
टाइब्रेकरमा क्रोएसिया विजयी भयो । क्रोएसियाका गोलरक्षक डोमिनिक लिभाकोभिचले टाइब्रेकरमा जापानका तीन पेनाल्टी असफल बनाएका थिए ।
जापानका लागि ताकुमी मिनामिनो, काअरु मितोमाको र माया याशिदाले प्रहार गरेका पेनाल्टी क्रोएसियाका लिभाकोभिचले विफल पारिदिएका थिए भने ताकुमा असानोको प्रहार भने सफल भएको थियो ।
क्रोएसियाका जीतमा निकोला भ्लासिच, मार्सेलो ब्रोजोभिच र मारियो पासालिचले पेनाल्टीमार्फत् गोल गरेका थिए । क्रोएसियाका मार्का लिभाजाको प्रहार भने पोस्टमा लागेर फर्किएको थियो । क्रोएसियाले अब क्वाटरफाइनलमा ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ ।
अब आजसम्मको समीकरणमा छ वटा टिमहरुले क्वाटर फाइनलको यात्रा तय गरिसकेका छन् । बाँकी दुई टिमको भने आज खेलिने दुई खेलबाट टुङ्गो लाग्नेछ । क्वाटरफाइनलमा नेदरल्याण्ड्सले अर्जेन्टिनाको सामना गर्नेछ भने इङ्ल्याण्डले फ्रान्सको सामना गर्ने पक्का भएको छ ।
सरकारले निजामती कर्मचारीभित्र रहेका दलीय आधारका ट्रेड युनियनहरू खारेज
आज आइतवार को माैसम कस्तो छ
काठमाडौँ उपत्यकाका नदी किनारामा फैलिएको अतिक्रमण हटाउने अभियान शनिबार पनि निरन्तर जारी
भवन निर्माणका लागि जग खन्ने क्रममा ठूलो परिमाणमा विस्फोटक पदार्थ फेला
आज बाट नया भर्ना सुरू निजी विद्यालयहरूलाई कानूनविपरीत असुल गरिएका भर्ना शुल्क फिर्ता गर्न निर्देशन
गरगहना चोरि गर्ने तारकेश्वर नगरपालिका पैँयुटारबाट पक्राउ
आज मगलवार को राशिफल
पूर्वविशिष्ट पदाधिकारीको वैदेशिक उपचार खर्च कटौती गर्ने सर्वोच्चको ऐतिहासिक फैसला
सर्लाहीमा बँदेलको आक्रमणबाट युवकको मृत्यु,