सर्लाही मा सवारी दुर्घटना मा परि एक काे मृत्युु एक बेवारिसे शव भेटियाे
3 years ago
मङ्सिर २९गते :सर्लाहीको ईश्वरपुर नगरपालिका–९ खोरियाटोलमा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । ईश्वरपुर नगरपालिका–९ खोरिया टोलमा मोटरसाइकल र ट्र्याक्टर एकापसमा ठोक्किँदा एक जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।
ईश्वरपुर नगरपालिका–९ खोरियाटोलस्थित मोहनपुरबाट बयलवासतर्फ आउँदै गरेको ज११प ५८६४ नंको मोटरसाइकललाई बयलवासबाट खोरियाटोलतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ त २४४० नंको ट्र्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालक महोत्तरीको सोन्मा गाउँपालिका–२ का अन्दाजी वर्ष ३५ का उदयकुमार साहको ज्यान गएको इलाका प्रहरी कार्यालय बयलवास, केशरगञ्जका प्रहरी प्रमुख प्रहरी निरीक्षक रोशन थापाले जानकारी दिनुभयो ।
दुर्घटनामा संग्लग्न मोटरसाइकल, ट्र्याक्टर र चालकलाई इलाका प्रहरी कार्यालय केशरगञ्ज बयलवासको नियन्त्रणमा राखेर थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । शव परीक्षणपश्चात पीडित पक्षले मृतक साहको शव बुझेका छन् ।
त्यस्तै ईश्वरपुर नगरपालिका–६ राधा कृष्णा मन्दिरको प्राङ्गणमा एक बेवारिसे शव फेला परेको छ । नाम, थर, वतन खुल्न नसकेको अन्दाजी ३२–३३ वर्षका एक पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यालय बयलवासले जनाएको छ । शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्गवाको शवगृहमा राखिएकोे छ । रासस
महोत्तरी को जिल्ला वन को गाडि आगजनि विपि राज मार्ग अवरुद्ध
सुन कोसि मा डुबेर दुई बालक को ज्यान गयो
सरकारले नयाँ सार्वजनिक सवारी साधन दर्तामा रोक लगाउने निर्णय
शंखमुल फिडर क्षेत्रमा आज केही समय विद्युत् सेवा अवरुद्ध हुने
पोखरा महानगरपालिकाले फिर्केखोला र पृथ्वीचोक बसपार्क क्षेत्रको अतिक्रमित जग्गा खाली गराउने
सिन्धुलि को भिमान बाट लागूऔषधसहित दुई जना पक्राउ
पश्चिमी वायुको प्रभाव : केही प्रदेशमा वर्षा र चट्याङको सम्भावना
दुर्गा प्रसाइ बिरगन्ज वाट पक्राउ
मापदण्डविपरीत सञ्चालनमा रहेका राजधानी का ६९ कन्सल्टेन्सी कारवाहि मा
केन्द्रीय कारागारबाट फरार भएकी तामाङ असन बाट पक्राउ