रेल ले किचेर एक काे ज्यान गयाे

पुस  १३गते :जनकपुरधाम–जयनगर रेलले किचेर एक जनाको मृत्यु भएको छ । जयनगरबाट जनकपुरधाम आउँदै गरेको रेलले किचेर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

 

 

जयनगरबाट जनकपुरधामको लागि छुटेको रेलले विदेह नगरपालिका स्थित वैदेही स्टेसनमा चढ्न लागेका एक व्यक्तिलाई किचेको हो। रेल चढ्न लाग्दा खुट्टा अड्किएपछि सोही रेलले किचेर मृत्यु भएको प्रहरीले बताए।

रेल्वे महाप्रबन्धक निरञ्जन झाका अनुसार विदेही स्टेशनबाट हिंडिसकेको रेलमा जबरजस्ती चढ्न लाग्दा खुट्टा फसेर एकजना रेल्वे लिकमा खसेका थिए। लिकमा खसेका व्यक्तिको सोही रेलले किचेर मृत्यु भएको छ।

मृतकको पहिचान भने खुलेकेको छैन। घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।


Posted

in

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *