रामेछाप दुर्घटना :दुई जना को मृत्यु ५घाईते
8 hours ago
फागुन १८गते ✍️ होप अनलाईन मिडिया
रामेछापमा सोमबार दिउँसो भएको सवारी दुर्घटनामा घाइते भएका एक मतदान अधिकृतको उपचारका क्रममा मृत्यु भएको छ। मन्थली अस्पतालमा उपचाररत मतदान अधिकृत डोरप्रसाद घिमिरेको ज्यान गएको अस्पताल स्रोतले जनाएको छ।
घिमिरे रामेछाप नगरपालिका–३ स्थित साँघुटार मतदान केन्द्रअन्तर्गत रुद्राक्षश्वर माध्यमिक विद्यालय ‘ख’ मा खटिएका थिए। निर्वाचन सामग्रीसहित टोली मतदान केन्द्रतर्फ जाँदै गर्दा दुर्घटना भएको थियो।
यसअघि उक्त दुर्घटनामा असई पर्शुराम यादवको घटनास्थलमै मृत्यु भएको पुष्टि भएको थियो। रामेछाप नगरपालिका–२ सिरुबारी क्षेत्रमा मन्थलीबाट कालिकादेवी मावि र देउराली मावि मतदान केन्द्रका लागि निर्वाचन सामग्री बोकेर जाँदै गरेको सवारीसाधन सडकबाट करिब दुई सय मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा अन्य ६ जना कर्मचारी घाइते भएका छन्। घाइतेहरूलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ। गाडीमा कुल ११ जना सवार रहेकोमा तीन जना भने हाम फालेर ज्यान जोगाउन सफल भएका थिए।
घटनाबारे थप अनुसन्धान भइरहेको सम्बन्धित निकायले जनाएको छ।
निर्वाचन सुरक्षाका लागि आज रातीदेखि अन्तर्राष्ट्रिय सीमा नाका बन्द
यूएईमा भएको हवाई आक्रमणमा एक नेपालीको मृत्यु
आज को मौसम कस्तो छ
त्रिशुलि मा रात्रि बस खस्दा १८जना को मृत्यु २४जना घाइते
तारकेश्वर नगरपालिका–१० मनमैंजु क्षेत्रमा एक घरभित्र पसेको चितुवालाई सकुशल नियन्त्रणमा लिईयाे
रौतहट जिल्लामा दुई समुदायबीच भएको झडप चर्किएपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी
निर्वाचन आयोग ले राजनीतिक दल र उम्मेदवारहरूलाई आफ्ना घोषणापत्र अनिवार्य रूपमा आयोगमा दर्ता गराउन निर्देशन
आज काठमाडौं बिभिन्न ठाउँ बति जाने
पैदल यात्रु लाई मुक्का प्रहार गर्ने चालक पक्राउ

