पोल्यान्ड पठाउनि भन्दै ३८लाख ठगी गर्ने एक महिला पक्राउ
3 years ago
कात्तिक २२गते :वैदेशिक रोजगारीका लागि पोल्याण्ड पठाइदिन्छु भन्दै १७ जनाबाट रु३८ लाख रकमलिई ठगी गरेको अभियोगमा प्रहरीले एक जना महिलालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा भक्क्तपुर नगरपालिका–१० घर भई हाल काठमाडौँ नागार्जुन नगरपालिका–६ रामकोट बस्ने ३९ वर्षीय सुनिता कर्माचार्य रहेकी काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले राससलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार पक्राउ परेकी कर्माचार्य समेतले मदनराज मोक्तानसमेत १७ जनालाई वैदेशिक रोजगारीको लागि पोल्याण्ड पठाइदिने तथा त्यसको लागि प्रतिव्यक्ति रु आठ लाख लाग्ने पोल्याण्ड पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिने र मासिक रुएक लाख ५० हजारतलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी जम्मारु ३८ लाख रकम लिई सम्पर्कविहीन भई ठगी गरेको उजुरीका आधारमा आज पक्राउ गरिएको हो ।
काठमाडौँ महानगरपालिका–२४ इन्द्रचोकबाट पक्राउ परेकी महिलालाई थप अनुसन्धान तथा कारबाहीको लागि आज वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाइएको प्रवक्ता रेग्मीले बताउनुभयो ।
साउदी अरबमा ड्रोन आक्रमणको भग्नावशेष ले लागेर नेपालीको मृत्यु, नेपालद्वारा दुःख व्यक्त
तारकेशवर बाट प्रहरीले दुई राउन्ड हवाइ फायर गरी एक लागूऔषध कारोबारीलाई पक्राउ
असोज २४ गते शनिबार को राशिफल
असोज २३ गते शुक्रबार को राशिफल
लुटपाट र चोरि को आरोप मा मरिण सिन्धुली को माझि सहित तिनजाना पक्राउ
असोज २२ गते विहिवार को राशिफल
असोज २१ गते बुधबार को वार को राशिफल
भालुको पित्त र हात्तीको दाह्रासहित सिन्धुली र काठमाडौं बाट तिन जाना पक्राउ
दशै को टिका को साईत विहान १० बजेर २६ मिनेट मा