नाग ढुङ्गा बाट दुई किलाे र एअरपोर्ट बाट १४किलो सुन सहित ५जाना पक्राउ
2 years ago
मङ्सिर २२गते :त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको १४ किलो सुन छानबिन गर्न ६ सदस्यीय छानबिन समिति गठन गरिएको छ। बिहीबार राति दुबई हुँदै काठमाडौं आएका गोरखाका चन्द्र घलेबाट बरामद करिब १४ किलो सुन प्रकरण छानबिन लागि विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मनिराम पौडेलको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरिएको हो ।
समितिलाई ५ दिनको कार्यादेश दिइएको छ। समितिमा प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदी, भन्सार अधिकृत प्रकाश निरौला, भन्सार अधिकृत डिल्लु प्रसाद शर्मा, शाखा अधिकृत मञ्जु थापा र भन्सार अधिकृत लोकराज ढुंगाना सदस्य रहनु भएको छ ।
बिहिबार त्रिभुवन विमानस्थल भन्सार कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलोग्राम सुनसहित दुई जनालाई पक्राउ गरिएको थियो ।
यसैबीच काठमाडौंको नागढुंगाबाट प्रहरीले दुई किलो सुन बरामद गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंले नागढुंगबाट दुई किलो सुन बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, सुन रसुवा नाकाबाट काठमाडौं तर्फ ल्याइँदै थियो ।विशेष सूचनाका आधारमा खटिएको टोलीले सुन बरामद गरेर तीन जनालाई नियन्त्रणमा लिइएको छ ।
महोत्तरी को जिल्ला वन को गाडि आगजनि विपि राज मार्ग अवरुद्ध
सुन कोसि मा डुबेर दुई बालक को ज्यान गयो
सरकारले नयाँ सार्वजनिक सवारी साधन दर्तामा रोक लगाउने निर्णय
शंखमुल फिडर क्षेत्रमा आज केही समय विद्युत् सेवा अवरुद्ध हुने
पोखरा महानगरपालिकाले फिर्केखोला र पृथ्वीचोक बसपार्क क्षेत्रको अतिक्रमित जग्गा खाली गराउने
सिन्धुलि को भिमान बाट लागूऔषधसहित दुई जना पक्राउ
पश्चिमी वायुको प्रभाव : केही प्रदेशमा वर्षा र चट्याङको सम्भावना
दुर्गा प्रसाइ बिरगन्ज वाट पक्राउ
मापदण्डविपरीत सञ्चालनमा रहेका राजधानी का ६९ कन्सल्टेन्सी कारवाहि मा
केन्द्रीय कारागारबाट फरार भएकी तामाङ असन बाट पक्राउ