ने.वि.संघको महाधिवेशन सुनिश्चित नगरे चुप बस्दैनौ बिद्यार्थी नेता- कबिराज शाही
2 years ago
पुष १२, बिहिवार नेपाल विद्यार्थी संघको नवगठित तदर्थ केन्द्रीय सदस्यहरुले छुट्टा छुट्टै ठाउँमा आ-आफ्नो प्यानलको कार्यक्रम पार्टी प्यालेसमा गरिरहँदा यता नेपाल विद्यार्थी संघको महाधिवेशन पक्षधरले काठमाडौँ स्थित रत्नराज्यलक्ष्मी क्याम्पसको हलमा खुल्ला बहस चलाएको छ। नेपाली कांग्रेसको प्रमुख भातृसंगठन नेविसंघमा देखिएको बिबाद र छुट्टा छुट्टै निर्माण गरिएका गुट उपगुटहरुको अन्त्य गर्न यो बहस चलाएको नेपाल विद्यार्थी संघका नेता कबिराज शाहीले बताए।उनले भने नेपाल विद्यार्थी संघ नितान्त विद्यार्थीहरुको हकहितमा हुनुपर्छ। नेपाली काँग्रेस र देशको भविष्य बोकेको संघठन आफैमा रुमालिनु दुर्भाग्य पुण हो।आजको नेपाल विद्यार्थी संघले रचनात्मक काम गर्न जरुरी छ।यसका लागि हामि सबै एकजुट हुनु आवश्यक छ। नेपाल विद्यार्थी संघमा लामोसमय सम्म काम गरेका तर नेविसंघ केन्द्रीय सदस्यको रिङ भन्दा बाहिर रहेका थुप्रै बिधार्थी नेताहरुले बिगत ४ महिना देखि नेविसंघको महाधिवेशन सुनिश्चित गर्नु पर्ने लगायत विभिन्न एजेण्डाहरु उठाउँदै आफ्ना कार्यक्रमहरुलाई अगाडि बढाउँदै आइरहेका छन। कुनै पनि गुटगत समुह नभएको यस समुहको संयोजकत्व नेपाल विद्यार्थी संघका नेता दिपक ओझाले गरिरहेका छन। यस महाधिवेशन पक्षधरले मुख्यतया ६ वटा बुदामा खुल्ला बहस चलाएको थियो।१)नेपाल विद्यार्थी संघलाई गुटबन्दी रहित संगठन र चुस्तदुस्त संगठन निर्माण गर्ने संकल्प।२) नेपाल विद्यार्थी संघलाई महाधिवेशनउन्मुख गराउँने सन्दर्भ।३)नेपाली कांग्रेसको आगामि भविष्य प्रति नेविसंघको कार्यशैली ।४)शैक्षिक क्षेत्र सुधारका लागि नेविसंघको भुमिका।५)बढ्दो युवा जनशक्ति बिदेश पलाएन हुनुको कारण र त्यसको रोकथाम। ६)नेपाल विद्यार्थी संघ र नेपाली काँग्रेसमा नयाँ व्यक्तिलाई प्रवेश गराउँन (delivery )सहितको चमत्कारिक एजेण्डा ।

महोत्तरी को जिल्ला वन को गाडि आगजनि विपि राज मार्ग अवरुद्ध
समाचार 18 hours ago
सुन कोसि मा डुबेर दुई बालक को ज्यान गयो
समाचार 2 days ago
सरकारले नयाँ सार्वजनिक सवारी साधन दर्तामा रोक लगाउने निर्णय
प्रविधि 5 days ago
शंखमुल फिडर क्षेत्रमा आज केही समय विद्युत् सेवा अवरुद्ध हुने
समाचार 5 days ago
पोखरा महानगरपालिकाले फिर्केखोला र पृथ्वीचोक बसपार्क क्षेत्रको अतिक्रमित जग्गा खाली गराउने
समाचार 6 days ago
सिन्धुलि को भिमान बाट लागूऔषधसहित दुई जना पक्राउ
समाचार 1 week ago
पश्चिमी वायुको प्रभाव : केही प्रदेशमा वर्षा र चट्याङको सम्भावना
मौसम 1 week ago
दुर्गा प्रसाइ बिरगन्ज वाट पक्राउ
समाचार 1 week ago
मापदण्डविपरीत सञ्चालनमा रहेका राजधानी का ६९ कन्सल्टेन्सी कारवाहि मा
विजनेस 1 week ago
केन्द्रीय कारागारबाट फरार भएकी तामाङ असन बाट पक्राउ
समाचार 1 week ago

