अब जन्म, विवाह, सम्बन्ध विच्छेदलगायतका राष्ट्रिय पञ्जीकरणसम्बन्धी विवरणलाई नागरिक एपमा एकीकृत गर्ने काम सुरु
2 months ago
बैशख ५गते ✍️ होप अनलाईन मिडिया
सरकारले नागरिक सेवालाई डिजिटल माध्यमबाट सहज बनाउने प्रयासलाई तीव्र बनाएको छ। अब जन्म, विवाह, सम्बन्ध विच्छेदलगायतका राष्ट्रिय पञ्जीकरणसम्बन्धी विवरणलाई नागरिक एपमा एकीकृत गर्ने काम सुरु गरिएको छ। सूचना प्रविधि विभागका अनुसार प्रारम्भिक चरणको काम अघि बढिसकेको छ र चाँडै नै यी सेवाहरू कार्यान्वयनमा ल्याइने तयारी भइरहेको छ।
यो प्रणाली लागू भएपछि नागरिकले आवश्यक प्रमाणपत्रहरू सिधै नागरिक एपबाट प्राप्त गर्न सक्नेछन्। साथै, निजामती कर्मचारीको विवरण, लोक सेवा परीक्षाको प्रवेश पत्र तथा वैदेशिक अध्ययनका लागि आवश्यक एनओसी पनि एपमार्फत उपलब्ध गराउने योजना अन्तिम चरणमा पुगेको छ।
सरकारले विभिन्न निकायसँग समन्वय गरी थप सेवाहरू पनि एपमा जोड्ने तयारी गरिरहेको छ। यस पहलले सार्वजनिक सेवा प्रवाहलाई सरल, पारदर्शी र प्रभावकारी बनाउने विश्वास गरिएको छ। डिजिटल प्रणाली विस्तारसँगै नागरिकलाई समय र खर्च दुवै बचत हुने अपेक्षा गरिएको छ।
कक्षा १२ को नतिजा सार्वजनिक, समग्र उत्तीर्ण दर ६४.१३ प्रतिश
असार ५गते शुक्रवार को राशिफल
आज असार ४गते विहिवार को राशिफल
इरानसँगको सहमति अझै अन्तिम चरणमा पुगेको छैन : ट्रम्प
ब्राजिल र मोरक्को १–१ गोलको बराबरीमा रोकिए
काभ्रे बस दुर्घटना : सत्यतथ्य पत्ता लगाउन ६ सदस्यीय छानबिन समिति गठन
क्यानडा र बोस्नियाबीच बराबरी, दुवैले बाँडे एक–एक अंक
भारत भ्रमणमा निस्किए परराष्ट्रमन्त्री खनाल, द्विपक्षीय सहकार्य विस्तारमा जोड