आज देखि बजारमा आधा सिलिन्डर ग्यास पाइने, मूल्य ९५५ रुपैयाँ तोकियो
18 hours ago
फागुन २९गते ✍️ होप अनलाईन मिडिया
भारतबाट ग्यासको आयातमा कमी आएसँगै नेपाल आयल निगमले शुक्रबारदेखि बजारमा आधा भरिएको (७.१ किलो) ग्यास सिलिन्डर बिक्री गर्ने निर्णय गरेको छ। निगम सञ्चालक समितिको बैठकले आपूर्ति सहज बनाउन यस्तो कदम चालेको हो।
अब उपभोक्ताले १४.२ किलोको सट्टा ७.१ किलो ग्यास भएको सिलिन्डर पाउनेछन्। यसको मूल्य साविकको आधा अर्थात् ९५५ रुपैयाँ कायम गरिएको छ।भारतबाट दैनिक औसत ११५ बुलेट ग्यास आउनुपर्नेमा हाल ९० देखि ९५ बुलेट मात्रै आइरहेकाले अभाव हुन नदिन यो निर्णय लिइएको हो।अाधा भरिएको सिलिन्डर बजारमा पठाउँदा दैनिक २ लाख सिलिन्डर वितरण गर्न सकिने र यसले धेरै उपभोक्ताको भान्सासम्म ग्यास पुग्ने निगमको दाबी छ।
मध्यपूर्वमा जारी युद्ध र विश्व बजारमा देखिएको उर्जा संकटका कारण भारतले नेपालतर्फको निर्यातमा केही कटौती गरेको संकेत गरेको छ।निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले आपूर्ति व्यवस्थालाई सामान्य बनाउन र सबैको पहुँचमा ग्यास पुर्याउन यो अल्पकालीन व्यवस्था गरिएको जानकारी दिनुभयो। यसअघि २०७२ सालको नाकाबन्दीको समयमा पनि यसैगरी आधा सिलिन्डर ग्यास वितरण गरिएको थियो।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक: मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन
प्रहरी माथि आक्रमण गर्ने दुई जना पक्राउ प्रहरी ले आत्मरक्षाका लागि गोली चलाउँदा एक आक्रमणकारी पनि घाइते
रामेछाप दुर्घटना :दुई जना को मृत्यु ५घाईते
निर्वाचन सुरक्षाका लागि आज रातीदेखि अन्तर्राष्ट्रिय सीमा नाका बन्द
यूएईमा भएको हवाई आक्रमणमा एक नेपालीको मृत्यु
आज को मौसम कस्तो छ
सिन्धुलि को मरिण मा नेपालि कामदार र चिनियाँ कामदार विच झडप हुदा ७जना घाइते

