घुस काे रकम सहित वडा अध्यक्ष पक्राउ

पुस २गते :बाराको जीतपुरसिमरा वडा नं. ३ का वडाअध्यक्ष तारा बाहादुर कार्की पक्राउ परेका छन् । कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जीतपुरस्थित जैसवाल होटलबाट नगद पाँच लाख सहित पक्राउ परेका हुन् ।

नेकपा एमाले मधेस प्रदेश कमिटी सदस्यसमेत रहेका कार्कीलाई प्लटिङ्गको जग्गामा बाटो बनाईदिने भनेर रकम माग गरेपछि अख्तियारले पक्राउ गरेको हो ।

प्लटिङ्गको जग्गामा बाटो बनाउन स्थानीय राजन उप्रेतीसग कार्कीले रकम माग गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाको टोलीले कार्कीलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरिक्षक प्रदिप क्षेत्रीले बताउनु भएको छ ।


Posted

in

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *