पेट्रोल र डिजेलको मूल्य वृद्धि, आज रातिदेखि नयाँ दर लागू
5 days ago
फागुन ३गते ✍️ होप अनलाईन मिडिया
नेपाल आयल निगम ले आइतबार रातिदेखि लागू हुने गरी इन्धनको मूल्य समायोजन गरेको छ। नयाँ निर्णयअनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ तथा डिजेल र मट्टितेलमा समान ३ रुपैयाँ वृद्धि गरिएको छ।
मूल्य समायोजनपछि काठमाडौं उपत्यकामा पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १५७ रुपैयाँ पुगेको छ भने डिजेल तथा मट्टितेल १४२ रुपैयाँ प्रतिलिटर कायम गरिएको छ।
निगमका अनुसार आइतबार दिउँसो Indian Oil Corporation (आईओसी) बाट प्राप्त नयाँ मूल्यसूचीमा पेट्रोल प्रतिलिटर १ रुपैयाँ ५१ पैसा र डिजेल ५ रुपैयाँ २ पैसा बढेर आएको थियो। आईओसीले हरेक १५ दिनमा नयाँ मूल्यसूची पठाउने व्यवस्था रहेको र सोही आधारमा स्वदेशी बजारमा मूल्य निर्धारण गरिँदै आएको निगमले जनाएको छ।
क्षेत्रअनुसार फरक मूल्य
ढुवानी खर्चका आधारमा विभिन्न क्षेत्रमा फरक–फरक दर निर्धारण गरिएको छ।
- तराई क्षेत्र: पेट्रोल १५४ रुपैयाँ ५० पैसा, डिजेल/मट्टितेल १३९ रुपैयाँ ५० पैसा प्रतिलिटर
- सुर्खेत र दाङ: पेट्रोल १५६ रुपैयाँ, डिजेल/मट्टितेल १४१ रुपैयाँ प्रतिलिटर
- काठमाडौं उपत्यका: पेट्रोल १५७ रुपैयाँ, डिजेल/मट्टितेल १४२ रुपैयाँ प्रतिलिटर
निगमले ढुवानी लागतमा हुने भिन्नताका कारण क्षेत्रअनुसार फरक मूल्य कायम गर्नुपरेको स्पष्ट पारेको छ।
इन्धनको मूल्य वृद्धिसँगै उपभोक्ता तथा यातायात क्षेत्रमा थप प्रभाव पर्ने अनुमान गरिएको छ।
पैदल यात्रु लाई मुक्का प्रहार गर्ने चालक पक्राउ
शिवरात्रि मा गुप्तेश्वर महादेव मन्दिर मा भक्तजनहरूको घुइँचो भजन मेला भब्य रूप ले सम्पन्न
विमानस्थल क्षेत्रमा जुलुस धर्ना प्रदर्शन गर्न नपाइने
नेपाल इटालीसँग १० विकेटले पराजित
सिसि क्यामरा बन्द गरि तिन हजार लिटर बडि डिजेल लोड गरि खाने :नेपाल अायल निगम पूर्व प्रमुखसहित तीन जना दोषी ठहर
आज नेपालले इटालीसँग प्रतिस्पर्धा गर्दै
विद्यार्थी आन्दोलनपछि पहिलो पटक बंगलादेशमा बिहीबार एकैसाथ जनमत संग्रह र संसदीय निर्वाचन
हाई प्रोफाइललाई धम्की दिने प्रकाश पाठक इन्टरपोलको सहयोगमा नेपाल ल्याइए
⸻ रामेछापमा बस दुर्घटनापछिको आन्दोलन चर्कियो, प्रशासन कार्यालय घेराउ

