आफ्नै मैदान मा यमन सग नेपाल पराजित

मङ्सिर ५गते :फिफा विश्वकप २०२६ एसिया छनोटअन्तर्गत दोस्रो चरणको दोस्रो खेलमा नेपाल घरमै पराजित भएको छ। गृहमैदान दशरथ रंगशालामा नेपाल यमनबाट २–० ले पराजित भएको हो।

नेपालले दुवै गोल दोस्रो हाफमा व्यहोर्‍यो। खेलका ७२औँ मिनेटमा यमनका कप्तान ओमार अब्दुल्लाह अल दाहीले डिबक्सबाहिरबाट गरेको सशक्त प्रहार नेपाली कप्तान गोलकिपर किरण चेम्जोङलाई बिट गर्दै जाली चुम्न पुग्यो।

 

दाहीले नेपाली डिबब्सभित्र चार डिफेन्डरलाई छक्याउँदै डिबक्सको ठीक बाहिरबाट प्रहार गरेका थिए। उनको गोल निकै दर्शनीय थियो।

यस्तै, ९०औँ मिनेटमा अब्दुल्लाह अल दाहीले गोल गर्दै यमनको जित सुनिश्चित गरे। यो जितसँगै यमनले छनोट चरणमा महत्त्वपूर्ण तीन अंक जोडेको छ भने नेपाल लगातार दोस्रो खेलमा पनि अंक जोड्न असफल भएको छ।


Posted

in

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *