आफ्नै मैदान मा यमन सग नेपाल पराजित
3 years ago
मङ्सिर ५गते :फिफा विश्वकप २०२६ एसिया छनोटअन्तर्गत दोस्रो चरणको दोस्रो खेलमा नेपाल घरमै पराजित भएको छ। गृहमैदान दशरथ रंगशालामा नेपाल यमनबाट २–० ले पराजित भएको हो।
नेपालले दुवै गोल दोस्रो हाफमा व्यहोर्यो। खेलका ७२औँ मिनेटमा यमनका कप्तान ओमार अब्दुल्लाह अल दाहीले डिबक्सबाहिरबाट गरेको सशक्त प्रहार नेपाली कप्तान गोलकिपर किरण चेम्जोङलाई बिट गर्दै जाली चुम्न पुग्यो।
दाहीले नेपाली डिबब्सभित्र चार डिफेन्डरलाई छक्याउँदै डिबक्सको ठीक बाहिरबाट प्रहार गरेका थिए। उनको गोल निकै दर्शनीय थियो।
यस्तै, ९०औँ मिनेटमा अब्दुल्लाह अल दाहीले गोल गर्दै यमनको जित सुनिश्चित गरे। यो जितसँगै यमनले छनोट चरणमा महत्त्वपूर्ण तीन अंक जोडेको छ भने नेपाल लगातार दोस्रो खेलमा पनि अंक जोड्न असफल भएको छ।
निर्वाचन आयुक्तका प्रस्तावित दुई उम्मेदवारको आज संसदीय सुनुवाइ
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा
सर्वाधिक इन्धन कारोबार गर्ने पेट्रोलपम्प सार्वजनिक, भैरवी इन्टरप्राइजेज लगातार तेस्रो वर्ष शीर्ष स्थानमा
अर्जेन्टिनालाई पराजित गर्दै स्पेन दोस्रो पटक विश्वकप विजेता
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते, एकको अवस्था चिन्ताजनक
असार २९गते सोम वार को राशिफल