दिउँसै पेस्तोल देखाएर एनएमवि बैंक लुटपाट

जेठ १६गते :महोत्तरी गाउँपालिका– २ बजारस्थित एनएमबी बैंकमा लुटपाट भएकाे छ। नकाब लगाएर हतियारसहित आएकाे चारजनाकाे समूहले बैंकबाट ३८ लाखभन्दा बढी लुटपाट गरेकाे प्रहरीले जनाएकाे छ।

 

 

मंगलबार अपराह्न करिब साढे १२ बजे बैंक प्रवेश गरेको उक्त समूहले कर्मचारी तथा सेवाग्राहीलाई नियन्त्रणमा लिई पैसा लुटेको प्रत्यक्षदर्शीले बताए। उनीहरू सबैसँग लोकल मेड पिस्तोल रहेको प्रहरीले जनाएकाे छ।

यता घटनाबारे अनुसन्धान तथा लुटेराहरूकाे खोजीकार्य भइरहेकाे महोत्तरीका एपी प्रकाश मल्लले जानकारी दिए। उनले प्राप्त सिसिटिभी फुटेज अध्ययन भइरहेको र लुटेराहरू भाग्न सक्ने रुटसमेतकाे व्यापक खोजतलास भइरहेको बताए।


Posted

in

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *