भालुको पित्त र हात्तीको दाह्रासहित सिन्धुली र काठमाडौं बाट तिन जाना पक्राउ
2 weeks ago
असोज २१ गते ✍️ होप अनलाईन मिडिया
वन्यजन्तुका अंगको अवैध कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई विभिन्न स्थानबाट पक्राउ गरेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार पक्राउ पर्नेमा सिन्धुलीका सोमबहादुर माझी, महोत्तरीका चित्रबहादुर विश्वकर्मा र नवलपरासीका योगेन्द्रप्रसाद चौधरी रहेका छन्।
सीआईबीबाट परिचालित टोलीले काठमाडौंको सोह्रखुट्टेबाट योगेन्द्रप्रसाद चौधरीलाई भालुको पित्तसहित नियन्त्रणमा लिएको हो। उनको साथबाट करिब १४० ग्राम तौलको भालुको पित्त बरामद भएको प्रहरीले जनाएको छ।
यसैगरी, सिन्धुलीको कमलामाई क्षेत्रमा खटिएको टोलीले सोमबहादुर माझी र चित्रबहादुर विश्वकर्मालाई हात्तीको दाह्रासहित पक्राउ गरेको छ। उनीहरूको साथबाट करिब ६ किलो तौलको हात्तीको दाह्रा बरामद गरिएको सीआईबीले जनाएको छ।
सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशमशेर राणाका अनुसार पक्राउ परेका तीनै जनामाथि वन्यजन्तुसम्बन्धी कानुनअनुसार आवश्यक अनुसन्धान अघि बढाइएको छ।
चौधरीलाई काठमाडौंस्थित डिभिजन वन कार्यालय, हात्तीसारमा तथा माझी र विश्वकर्मालाई डिभिजन वन कार्यालय सिन्धुलीमा बुझाइएको प्रहरीले जनाएको छ।
वन्यजन्तुका अंगको अवैध ओसारपसार तथा कारोबार नियन्त्रणका क्रममा उनीहरू पक्राउ परेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
असोज २४ गते शनिबार को राशिफल
असोज २३ गते शुक्रबार को राशिफल
लुटपाट र चोरि को आरोप मा मरिण सिन्धुली को माझि सहित तिनजाना पक्राउ
असोज २२ गते विहिवार को राशिफल
असोज २१ गते बुधबार को वार को राशिफल
दशै को टिका को साईत विहान १० बजेर २६ मिनेट मा
नेपाली कांग्रेस १५ औँ महाधिवेशन: ७,११४ महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली सार्वजनिक
चट्याङ को झिल्का भेट्दा सात जाना घाइते