चट्याङ को झिल्का भेट्दा सात जाना घाइते
2 weeks ago
असोज २०गते ✍️ होप अनलाईन मिडिया
धनगढी उपमहानगरपालिका–१७, धुर्जन्नामा चट्याङ पर्दा एकै परिवारका सात जना घाइते भएका छन्। मङ्गलबार राति घरको छतमा भेला भई जन्मदिनको उत्सव मनाइरहेका बेला नजिकै खसेको चट्याङको झिल्का (प्रभाव) बाट उनीहरू घाइते भएका हुन्।
स्थानीय खुशिलाल चौधरीको घरनजिकै राति साढे ९ बजेतिर चट्याङ परेको प्रहरीले जनाएको छ। चट्याङको झिल्का लाग्दा छतमा उपस्थित ३५ वर्षीया आरती चौधरी, १७ वर्षीया आयुसरा चौधरी, १३ वर्षीया सृष्टि चौधरी, ५५ वर्षीया बागमती चौधरी, ७ वर्षीय सिसिर चौधरी, १४ वर्षीया रेनुका चौधरी र ३५ वर्षीया जानकी चौधरी घाइते भएका हुन्।
घटनालगत्तै सबै घाइतेहरूलाई उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगिएको थियो। अस्पतालमा उपचाररत सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू खतरामुक्त रहेको प्रहरीले जानकारी दिएको छ।
यस घटनापछि धुर्जन्नाका स्थानीय बासिन्दा त्रसित बनेका छन्। पछिल्लो समय सुदूरपश्चिम प्रदेशका विभिन्न भागमा चट्याङसहितको वर्षा भइरहेकाले वर्षा र आँधीबेहरीको समयमा उच्च सतर्कता अपनाउन प्रहरीले सबैमा अपिल गरेको छ।
असोज २४ गते शनिबार को राशिफल
असोज २३ गते शुक्रबार को राशिफल
लुटपाट र चोरि को आरोप मा मरिण सिन्धुली को माझि सहित तिनजाना पक्राउ
असोज २२ गते विहिवार को राशिफल
असोज २१ गते बुधबार को वार को राशिफल
भालुको पित्त र हात्तीको दाह्रासहित सिन्धुली र काठमाडौं बाट तिन जाना पक्राउ
दशै को टिका को साईत विहान १० बजेर २६ मिनेट मा