कार्तिक ४, २०८३

तारकेशवर बाट प्रहरीले दुई राउन्ड हवाइ फायर गरी एक लागूऔषध कारोबारीलाई पक्राउ

6 days ago

 

असोज २७गते ✍️ होप अनलाईन मिडिया 

 

काठमाडौंको तारकेश्वर नगरपालिका–५ मा प्रहरीले दुई राउन्ड हवाइ फायर गरी एक लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ।

लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि नियन्त्रणमा लिन हवाइ फायर गर्नुपरेको ब्यूरोका एसएसपी सुवास बोहोराले जानकारी दिए। पक्राउ पर्नेमा पर्साको वीरगञ्ज घर भएका करिब ३० वर्षका बासुदिन मियाँ रहेका छन्।

प्रहरीले उनको साथबाट ३०० ग्राम खैरो हेरोइन बरामद गरेको छ। भारतको सीमावर्ती इलाकाबाट काठमाडौंसम्म लागूऔषध ओसारपसार गर्ने मुख्य गिरोहका उनी सक्रिय सदस्य रहेको प्रहरीको भनाइ छ।