सरकारले भुकम्प प्रभावित क्षेत्रमा नि:शुल्क टेलिफोन ईन्टरनेट सेवा दिने
3 years ago
कात्तिक १८गते :सरकारले भूकम्प प्रभावित क्षेत्रमा निशुल्क टेलिफोन, SMS र ईन्टरनेट सेवा प्रदान गर्ने भएको छ । सूचना तथा संचार प्रविधि मन्त्री रेखा शर्माले सिंहदरबार डाकेको बैठकले यस्तो निर्णय गरेको हो ।
नेपाल दूरसंचार प्राधिकरणमार्फत वितरण हुने सम्पुर्ण सेवा पाँच दिनसम्म जाजरकोट, पुर्वी रुकुम र पश्चिम रुकुममा निशुल्क प्रदान गरिने मन्त्री शर्माले जानकारी दिनुभयो ।
जाजरकोट र पश्चिम रुकुमको अबरुद्ध टेलिफोन र संचारसेवा सुचारू गर्न संचार मन्त्रालयले आकस्मिक बैठक बोलाउनु भएको थियो । गएराति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट त्यस वरपरको टेलिफोन र ईन्टरनेट सेवा अबरुद्ध छ ।
लामो समयसम्म संचार सेवा विच्छेद हुदा घाईतेहरुको उपचार र उद्वारमा समस्या हुँदै आएकोले छिटोभन्दा छिटो टेलिफोन सेवा मर्मत गरि सुचारु गर्न दूरसंचार प्राधिकरणलाई मन्त्री शर्माले निर्देशन दिनुभएको छ ।
महोत्तरी को जिल्ला वन को गाडि आगजनि विपि राज मार्ग अवरुद्ध
सुन कोसि मा डुबेर दुई बालक को ज्यान गयो
सरकारले नयाँ सार्वजनिक सवारी साधन दर्तामा रोक लगाउने निर्णय
शंखमुल फिडर क्षेत्रमा आज केही समय विद्युत् सेवा अवरुद्ध हुने
पोखरा महानगरपालिकाले फिर्केखोला र पृथ्वीचोक बसपार्क क्षेत्रको अतिक्रमित जग्गा खाली गराउने
सिन्धुलि को भिमान बाट लागूऔषधसहित दुई जना पक्राउ
पश्चिमी वायुको प्रभाव : केही प्रदेशमा वर्षा र चट्याङको सम्भावना
दुर्गा प्रसाइ बिरगन्ज वाट पक्राउ
मापदण्डविपरीत सञ्चालनमा रहेका राजधानी का ६९ कन्सल्टेन्सी कारवाहि मा
केन्द्रीय कारागारबाट फरार भएकी तामाङ असन बाट पक्राउ