सरकारले भुकम्प प्रभावित क्षेत्रमा नि:शुल्क टेलिफोन ईन्टरनेट सेवा दिने
3 years ago
कात्तिक १८गते :सरकारले भूकम्प प्रभावित क्षेत्रमा निशुल्क टेलिफोन, SMS र ईन्टरनेट सेवा प्रदान गर्ने भएको छ । सूचना तथा संचार प्रविधि मन्त्री रेखा शर्माले सिंहदरबार डाकेको बैठकले यस्तो निर्णय गरेको हो ।
नेपाल दूरसंचार प्राधिकरणमार्फत वितरण हुने सम्पुर्ण सेवा पाँच दिनसम्म जाजरकोट, पुर्वी रुकुम र पश्चिम रुकुममा निशुल्क प्रदान गरिने मन्त्री शर्माले जानकारी दिनुभयो ।
जाजरकोट र पश्चिम रुकुमको अबरुद्ध टेलिफोन र संचारसेवा सुचारू गर्न संचार मन्त्रालयले आकस्मिक बैठक बोलाउनु भएको थियो । गएराति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट त्यस वरपरको टेलिफोन र ईन्टरनेट सेवा अबरुद्ध छ ।
लामो समयसम्म संचार सेवा विच्छेद हुदा घाईतेहरुको उपचार र उद्वारमा समस्या हुँदै आएकोले छिटोभन्दा छिटो टेलिफोन सेवा मर्मत गरि सुचारु गर्न दूरसंचार प्राधिकरणलाई मन्त्री शर्माले निर्देशन दिनुभएको छ ।
साउदी अरबमा ड्रोन आक्रमणको भग्नावशेष ले लागेर नेपालीको मृत्यु, नेपालद्वारा दुःख व्यक्त
तारकेशवर बाट प्रहरीले दुई राउन्ड हवाइ फायर गरी एक लागूऔषध कारोबारीलाई पक्राउ
असोज २४ गते शनिबार को राशिफल
असोज २३ गते शुक्रबार को राशिफल
लुटपाट र चोरि को आरोप मा मरिण सिन्धुली को माझि सहित तिनजाना पक्राउ
असोज २२ गते विहिवार को राशिफल
असोज २१ गते बुधबार को वार को राशिफल
भालुको पित्त र हात्तीको दाह्रासहित सिन्धुली र काठमाडौं बाट तिन जाना पक्राउ
दशै को टिका को साईत विहान १० बजेर २६ मिनेट मा