भीमसेन गाँउपालिकाले सुरु गर्याे बैदेशिक रोजगारीकाे श्रम स्वीकृति
3 years ago
मङ्सिर १३,काठमाडौ गोरखाको भीमसेनथापा गाउँपालिकाले पालिकाबाटै बैदेशिक रोजगारी जान चाहानेहरुका लागि श्रम स्वीकृति प्रदान गर्न सुरु गरेको छ । पालिकाले रोजगार सेवाकेन्द्र मार्फत श्रम स्वीकृति प्रदान गर्न सुरु गरेको गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जराले जानकारी दिए । वडा नम्बर ५ स्थित बगुवाका दिनेश परियारलाई पहिलो पटक श्रम स्वीकृति प्रदान गरेर पालिकाबाट सेवा प्रारम्भ गरेको हो । बैदेशिक रोजगारीका लागि मलेसिया जान लाग्नु भएका परियारलाई पालिकाको रोजगार सेवाकेन्द्र मार्फत श्रम स्वीकृति प्रदान गरिएको उनले बताए ।
सेवाको थालनी गरेसंगै अबदेखि बैदेशिक रोजगारमा जान चाहानेहरुले पालिकाबाट श्रम स्वीकृति प्राप्त गर्नेछन् । बैदेशिक रोजगारीलाई थप मर्यादित, सुरक्षित भरपर्दो, पारदर्शी तथा सहज बनाउन र सेवाग्राहीलाई आफ्नो स्थानीय तहबाट सेवा प्रदान गर्ने उद्देश्य अनुरुप व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृति प्रदान गर्ने कार्यको सुरुवात गरेको अध्यक्ष बन्जराले बताए ।
स्थानीय पालिकाबाट नै व्यक्तिगत श्रम स्वीकृति प्राप्त गर्नुभएका परियारले स्थानीय तहबाट श्रम स्वीकृति पाउदा खुशी लागेको बताउनुभयो । यसअघि श्रम स्वीकृतिका लागि काठमाण्डौँ धाउनुपर्ने बाध्यता रहँदै आएको थियो । श्रम स्वीकृतिका लागि काठमाण्डौँसम्म पुग्नुपर्दा समयसंगै पैसा समेत बढी खर्च गर्नपर्ने अवस्था रहेपनि अव सहज भएको परियारको भनाई छ ।
श्रम स्वीकृतिका लागि सम्बन्धित व्यक्तिले पासपोर्ट र भिसा सम्बन्धी कागजात लिएर कार्यालयमा सम्पर्क गर्नुपर्ने गाउँपालिकाले जनाएको छ । सम्बन्धित व्यक्तिले ल्याएको कागजातका आधारमा रोजगार केन्द्रले स्वीकृतिका लागि आवश्यक सहजीकरण गरी श्रम स्वीकृति प्रदान गर्ने अध्यक्ष बन्जराले बताए ।
साउदी अरबमा ड्रोन आक्रमणको भग्नावशेष ले लागेर नेपालीको मृत्यु, नेपालद्वारा दुःख व्यक्त
असोज २४ गते शनिबार को राशिफल
असोज २३ गते शुक्रबार को राशिफल
लुटपाट र चोरि को आरोप मा मरिण सिन्धुली को माझि सहित तिनजाना पक्राउ
असोज २२ गते विहिवार को राशिफल
असोज २१ गते बुधबार को वार को राशिफल
भालुको पित्त र हात्तीको दाह्रासहित सिन्धुली र काठमाडौं बाट तिन जाना पक्राउ
दशै को टिका को साईत विहान १० बजेर २६ मिनेट मा