भीमसेन गाँउपालिकाले सुरु गर्याे बैदेशिक रोजगारीकाे श्रम स्वीकृति
2 years ago
मङ्सिर १३,काठमाडौ गोरखाको भीमसेनथापा गाउँपालिकाले पालिकाबाटै बैदेशिक रोजगारी जान चाहानेहरुका लागि श्रम स्वीकृति प्रदान गर्न सुरु गरेको छ । पालिकाले रोजगार सेवाकेन्द्र मार्फत श्रम स्वीकृति प्रदान गर्न सुरु गरेको गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जराले जानकारी दिए । वडा नम्बर ५ स्थित बगुवाका दिनेश परियारलाई पहिलो पटक श्रम स्वीकृति प्रदान गरेर पालिकाबाट सेवा प्रारम्भ गरेको हो । बैदेशिक रोजगारीका लागि मलेसिया जान लाग्नु भएका परियारलाई पालिकाको रोजगार सेवाकेन्द्र मार्फत श्रम स्वीकृति प्रदान गरिएको उनले बताए ।
सेवाको थालनी गरेसंगै अबदेखि बैदेशिक रोजगारमा जान चाहानेहरुले पालिकाबाट श्रम स्वीकृति प्राप्त गर्नेछन् । बैदेशिक रोजगारीलाई थप मर्यादित, सुरक्षित भरपर्दो, पारदर्शी तथा सहज बनाउन र सेवाग्राहीलाई आफ्नो स्थानीय तहबाट सेवा प्रदान गर्ने उद्देश्य अनुरुप व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृति प्रदान गर्ने कार्यको सुरुवात गरेको अध्यक्ष बन्जराले बताए ।
स्थानीय पालिकाबाट नै व्यक्तिगत श्रम स्वीकृति प्राप्त गर्नुभएका परियारले स्थानीय तहबाट श्रम स्वीकृति पाउदा खुशी लागेको बताउनुभयो । यसअघि श्रम स्वीकृतिका लागि काठमाण्डौँ धाउनुपर्ने बाध्यता रहँदै आएको थियो । श्रम स्वीकृतिका लागि काठमाण्डौँसम्म पुग्नुपर्दा समयसंगै पैसा समेत बढी खर्च गर्नपर्ने अवस्था रहेपनि अव सहज भएको परियारको भनाई छ ।
श्रम स्वीकृतिका लागि सम्बन्धित व्यक्तिले पासपोर्ट र भिसा सम्बन्धी कागजात लिएर कार्यालयमा सम्पर्क गर्नुपर्ने गाउँपालिकाले जनाएको छ । सम्बन्धित व्यक्तिले ल्याएको कागजातका आधारमा रोजगार केन्द्रले स्वीकृतिका लागि आवश्यक सहजीकरण गरी श्रम स्वीकृति प्रदान गर्ने अध्यक्ष बन्जराले बताए ।
महोत्तरी को जिल्ला वन को गाडि आगजनि विपि राज मार्ग अवरुद्ध
सुन कोसि मा डुबेर दुई बालक को ज्यान गयो
सरकारले नयाँ सार्वजनिक सवारी साधन दर्तामा रोक लगाउने निर्णय
शंखमुल फिडर क्षेत्रमा आज केही समय विद्युत् सेवा अवरुद्ध हुने
पोखरा महानगरपालिकाले फिर्केखोला र पृथ्वीचोक बसपार्क क्षेत्रको अतिक्रमित जग्गा खाली गराउने
सिन्धुलि को भिमान बाट लागूऔषधसहित दुई जना पक्राउ
पश्चिमी वायुको प्रभाव : केही प्रदेशमा वर्षा र चट्याङको सम्भावना
दुर्गा प्रसाइ बिरगन्ज वाट पक्राउ
मापदण्डविपरीत सञ्चालनमा रहेका राजधानी का ६९ कन्सल्टेन्सी कारवाहि मा
केन्द्रीय कारागारबाट फरार भएकी तामाङ असन बाट पक्राउ