कार्तिक १६, २०८३

कात्तिक १५ गते आइतबार को राशिफल

8 hours ago

आजको दैनिक राशिफल

मेष : आज साथीभाइ तथा आफन्तसँग मतभेद उत्पन्न हुन सक्छ। अनावश्यक काममा समय र ऊर्जा खर्चिनुपर्ने अवस्था आउन सक्छ। कुनै पनि निर्णय लिनुअघि सोचविचार गर्नुहोला।

वृष : आजको दिन सकारात्मक रहनेछ। आर्थिक लाभ हुने, रोजगारीमा अवसर मिल्ने तथा अध्ययन र व्यापार व्यवसायमा प्रगति गर्ने सम्भावना छ।

मिथुन : आज सोचेअनुसार काम अघि नबढ्न सक्छ। आर्थिक कारोबारमा सावधानी अपनाउनुहोला। मनमा अस्थिरता रहनुका साथै आँखासम्बन्धी सामान्य समस्या देखिन सक्ने भएकाले स्वास्थ्यमा ध्यान दिनुहोला।

कर्कट : आज आत्मविश्वास बढ्नेछ। मानसम्मान प्राप्त हुनुका साथै उपहार वा नयाँ वस्तु हात लाग्न सक्छ। बोलीको प्रभाव बढ्ने र थालेका काम सफलतापूर्वक सम्पन्न हुने योग छ।

सिंह : आज साथीभाइसँगको सम्बन्धमा खटपट हुन सक्छ। आर्थिक कारोबारमा नोक्सानी र चोटपटकको जोखिम रहेकाले हतारमा कुनै काम नगर्नुहोला। व्यवहारमा संयमता अपनाउनु राम्रो हुनेछ।

कन्या : आजको दिन सुखद रहनेछ। आफन्त तथा साथीभाइबाट सहयोग मिल्नेछ। परिवारमा खुसीयाली छाउने र मनपर्ने खानपानको अवसर प्राप्त हुन सक्छ।

तुला : आज थोरै प्रयासबाट पनि राम्रो उपलब्धि हासिल गर्न सकिनेछ। उपहार वा उपयोगी सामग्री प्राप्त हुने सम्भावना छ। रोकिएका कामले गति लिनुका साथै स्वास्थ्यमा पनि अनुकूलता रहनेछ।

वृश्चिक : आज अनावश्यक यात्रा गर्नुपर्ने वा विभिन्न पक्षबाट दबाब खेप्नुपर्ने अवस्था आउन सक्छ। पेसा तथा व्यवसायमा अवरोध सिर्जना हुन सक्ने भएकाले विवाद र राजनीतिक विषयबाट टाढै रहनुहोला।

धनु : आज स्वास्थ्य र आर्थिक पक्षमा विशेष ध्यान दिनुपर्नेछ। अनपेक्षित खर्च, आर्थिक क्षति तथा शारीरिक असहजता हुन सक्ने भएकाले दैनिक कामकाजमा सावधानी अपनाउनुहोला।

मकर : आजको दिन उपलब्धिमूलक रहनेछ। आम्दानी बढ्ने, सामाजिक प्रतिष्ठा प्राप्त हुने तथा मानसम्मानमा वृद्धि हुने सम्भावना छ। सवारीसाधनको उपयोगबाट पनि लाभ मिल्न सक्छ।

कुम्भ : आज आर्थिक पक्ष मजबुत बन्ने संकेत छ। प्रतिस्पर्धात्मक काममा सफलता मिल्नुका साथै विरोध गर्नेहरूमाथि आफ्नो क्षमता प्रमाणित गर्न सक्नुहुनेछ। मनमा उत्साह र आत्मविश्वास बढ्नेछ।

मीन : आज कामकाजमा विभिन्न बाधा आउन सक्छन्। सन्तानको विषयले चिन्ता बढाउन सक्छ भने स्वास्थ्यमा पनि सजग रहनुपर्ने देखिन्छ। विशेषगरी वायुजन्य समस्याबाट बच्न खानपान र आराममा ध्यान दिनुहोला।