कात्तिक १९ गते विहिवार को राशिफल
10 hours ago
मेष
दिनको सुरुवातमा आर्थिक सावधानी अपनाउनुहोला । मध्याह्नसम्म धन हानि तथा केही कठिनाइको सामना गर्नुपर्ने हुन सक्छ । त्यसपछि भने काममा सफलता, विजय र उपलब्धि हासिल हुने सम्भावना छ ।
वृष
आजको दिन केही चुनौतीपूर्ण रहन सक्छ । दैनिक कार्यमा अव्यवस्था, स्वास्थ्यमा असहजता तथा आर्थिक क्षति हुन सक्ने भएकाले सतर्क रहनुहोला । सन्तानसँग सम्बन्धित विषयले पनि चिन्ता बढाउन सक्छ ।
मिथुन
मध्याह्नसम्म आर्थिक लाभ र प्रगतिका अवसर प्राप्त हुन सक्छन् । त्यसपछि भने स्वास्थ्यसम्बन्धी समस्या वा विभिन्न विषयमा चिन्ता बढ्न सक्ने भएकाले सावधानी अपनाउनुहोला ।
कर्कट
दिनको प्रारम्भमा आर्थिक क्षति तथा मनमा अस्थिरता रहन सक्छ । मध्याह्नपछि भने आम्दानीका अवसर बढ्नुका साथै मान–सम्मान प्राप्त हुने सम्भावना छ ।
सिंह
आज राम्रो खानपान तथा कार्यक्षेत्रमा सफलता मिल्ने संकेत छ । तर मध्याह्नपछि मनमा अस्थिरता बढ्न सक्छ भने अनावश्यक खर्चसमेत हुन सक्ने भएकाले आर्थिक व्यवस्थापनमा ध्यान दिनुहोला ।
कन्या
आज स्वास्थ्यमा कमजोरी वा चोटपटकको जोखिम रहन सक्छ । बिहानको समय केही चुनौतीपूर्ण भए पनि मध्याह्नपछि परिस्थिति अनुकूल बन्दै जाने र काममा सहजता प्राप्त हुने सम्भावना छ ।
तुला
मध्याह्नसम्म लाभका अवसर प्राप्त हुनुका साथै स्वादिष्ट भोजनको आनन्द मिल्न सक्छ । त्यसपछि भने स्वास्थ्यमा असहजता तथा विभिन्न कठिनाइ उत्पन्न हुन सक्ने भएकाले सावधानी अपनाउनुहोला ।
वृश्चिक
आजको दिन उत्साहजनक रहने संकेत छ । थालेका काम सफल हुनुका साथै मनमा सन्तुष्टि मिल्नेछ । सेवा, व्यवसाय वा आर्थिक कारोबारबाट लाभ प्राप्त हुने सम्भावना छ ।
धनु
मध्याह्नसम्म केही डर, बाधा वा चुनौतीको सामना गर्नुपर्ने हुन सक्छ । त्यसपछि भने मनमा शान्ति, सुख–सन्तोष र कार्यसफलताको अवसर प्राप्त हुने संकेत छ ।
मकर
आज विशेष सतर्कता अपनाउनुपर्ने दिन छ । स्वास्थ्यसम्बन्धी समस्या, आर्थिक क्षति तथा सरकारी वा प्रशासनिक क्षेत्रबाट अप्ठ्यारो परिस्थिति सिर्जना हुन सक्ने भएकाले विवेकपूर्ण निर्णय लिनुहोला ।
कुम्भ
दिनको सुरुवातमा आर्थिक लाभ र सफलता प्राप्त हुने सम्भावना छ । तर मध्याह्नपछि कार्यक्षेत्रमा अवरोध, स्वास्थ्यमा असहजता तथा खर्च बढ्न सक्ने भएकाले योजनाबद्ध रूपमा अघि बढ्नुहोला ।
मीन
आजको दिन अनुकूल रहने संकेत छ । आर्थिक लाभ, अध्ययन तथा पठनपाठनमा सफलता र प्रतिस्पर्धामा विजय प्राप्त हुन सक्छ । पुराना समस्या समाधान हुँदै जाने तथा नयाँ अवसर प्राप्त हुने सम्भावना छ ।
आज पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली, केही स्थानमा वर्षा र हिमपात हुन सक्ने
कात्तिक १८गते बुधबार को राशिफल
तारकेश्वरमा साझा बस सेवा सञ्चालन हुने
कात्तिक १५ गते आइतबार को राशिफल
कात्तिक १४ गते शनिबार को राशिफल
कात्तिक १३गते शुक्रबार को राशिफल