आज पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली, केही स्थानमा वर्षा र हिमपात हुन सक्ने
12 hours ago
कात्तिक १९ गते ✍️ होप अनलाईन मिडिया
देशका विभिन्न भूभागमा आज मौसम परिवर्तन भई वर्षा तथा हिमपात हुन सक्ने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसममा बदली देखिएको हो।
महाशाखाले दिएको जानकारीअनुसार दिउँसो कोसी प्रदेशसहित देशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। तराईका अधिकांश स्थानमा भने मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ।
कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना रहेको छ।
रातिको समयमा पनि कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा समेत आंशिक बदली हुने अनुमान गरिएको छ। अन्य क्षेत्रको मौसम भने मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
राति गण्डकी प्रदेशको हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना छ। बिहानको समयमा तराई, उपत्यका तथा खोँचका केही स्थानमा हुस्सु र कुहिरो लाग्न सक्ने पूर्वानुमान गरिएको छ।
नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेकाले मौसममा यस्तो परिवर्तन देखिएको मौसम पूर्वानुमान महाशाखाले स्पष्ट पारेको छ।
कात्तिक १९ गते विहिवार को राशिफल
कात्तिक १८गते बुधबार को राशिफल
तारकेश्वरमा साझा बस सेवा सञ्चालन हुने
कात्तिक १५ गते आइतबार को राशिफल
कात्तिक १४ गते शनिबार को राशिफल
कात्तिक १३गते शुक्रबार को राशिफल