मकवानपुरका दुई स्थानबाट गाँजा र धुलोसहित चार युवा पक्राउ
25 minutes ago
मकवानपुर, होप अनलाईन मिडिया ✍️ मङ्सिर ७गते
जिल्ला प्रहरी कार्यालय मकवानपुरले जिल्लाका अलग–अलग दुई स्थानबाट प्रतिबन्धित लागुऔषध गाँजा र गाँजाको धुलोसहित चारजनालाई नियन्त्रणमा लिएको छ। सोमबार हेटौँडा उपमहानगरपालिका र भीमफेदी गाउँपालिका क्षेत्रबाट दुईवटा
मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गरिएको हो।
प्रहरीले हेटौँडा–९ स्थित कुखरेनीबाट बागमती प्रदेश ०२–०५० प ६१३२ नम्बरको मोटरसाइकलमा सवार दुईजनालाई ९२० ग्राम गाँजाको धुलोसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा हेटौँडा–१३ का २१ वर्षीय जोसु तामाङ र हेटौँडा–१४ का २३ वर्षीय अमन तामाङ रहेका छन्।
त्यसैगरी, भीमफेदी गाउँपालिका–१ को टौबास कोलनीबाट तीन किलो २१० ग्राम गाँजासहित थप दुईजना पक्राउ परेका छन्। बागमती प्रदेश ०२–०५७ प ०७६३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा धादिङको गजुरी गाउँपालिका–८ का २१ वर्षीय अमिर तामाङ र सोही ठाउँका १९ वर्षीय समर बलको साथबाट उक्त परिमाणको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) माधवप्रसाद काफ्लेले जानकारी दिए।
बरामद गरिएको लागुऔषध र मोटरसाइकलसहित पक्राउ परेका चारैजनालाई हिरासतमा राखी थप अनुसन्धान तथा कानुनी कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ।
क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा
कात्तिक २० गते शुक्रबार को राशिफल
कात्तिक १९ गते विहिवार को राशिफल
कात्तिक १८गते बुधबार को राशिफल
तारकेश्वरमा साझा बस सेवा सञ्चालन हुने
पश्चिम नेपालमा न्यून चापीय क्षेत्रको प्रभाव घट्दै, मौसममा क्रमिक सुधार हुने
कात्तिक १५ गते आइतबार को राशिफल
मकवानपुरमा डिजेल बोकेको ट्यांकर दुर्घटना, सिन्धुलीका ४० वर्षीय चालकको मृत्य