मंसिर ९, २०८३

पाकिस्तान ‘ए’सँग नेपाल ९६ रनले पराजित, राइजिङ स्टार्स कपबाट बाहिरियो

43 minutes ago

 

मङ्सिर ८गते ✍️ होप अनलाईन मिडिया

कतारमा जारी एसिया कप राइजिङ स्टार्स प्रतियोगितामा नेपालले पाकिस्तान ‘ए’सँग ९६ रनको हार बेहोरेको छ। मंगलबार भएको खेलमा १६९ रनको लक्ष्य पछ्याएको नेपाली टोली १७.३ ओभरमा ७२ रनमै समेटिएपछि प्रतियोगिताबाट बाहिरिएको हो।

नेपालका लागि मयन यादवले सर्वाधिक ४१ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर बनाउन सकेनन्। पाकिस्तानका मोहम्मद हसनैन र सुफयान मोकिमले ३–३ विकेट लिए।

यसअघि नेपालका रशिद खानले उत्कृष्ट बलिङ गर्दै ३९ रन खर्चेर ५ विकेट लिएका थिए। उनको प्रभावशाली प्रदर्शनका कारण पाकिस्तान ‘ए’ ४२ ओभरमा १६८ रनमै अलआउट भएको थियो।

नेपालले प्रतियोगिताको पहिलो खेलमा भारत ‘ए’सँग खराब ब्याटिङ गर्दै २६ रनमै सबै विकेट गुमाएको थियो। दोस्रो खेलमा भने यूएईलाई ६ विकेटले हराएको थियो।

समूह ‘बी’मा पाकिस्तान ‘ए’ तीनवटै खेल जित्दै सेमिफाइनल पुगेको छ भने भारत ‘ए’ पनि अन्तिम चारमा प्रवेश गरेको छ। एक खेलमा जित निकालेको नेपालको प्रतियोगितात्मक यात्रा भने पाकिस्तानसँगको हारसँगै समाप्त भएको छ।