सुनकोशी–मरिण आयोजना रोकिँदा किसानले बेहोरेको क्षतिको पनि हिसाब गर्न सांसद झाको माग
4 hours ago
होप अनलाईन मिडिया ✍️ मङ्सिर ८गते
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सुनकोशी–मरिण डाइभर्सन आयोजना रोकिँदा मधेसका पाँच जिल्लाका किसानले भोग्नुपरेको आर्थिक तथा कृषि क्षतिको विस्तृत मूल्याङ्कन गर्नुपर्ने बताउनुभएको छ।
संसद्को सार्वजनिक लेखा समितिमा आयोजनाको ठेक्का रद्द गरिएको विषयमा भएको छलफलमा उहाँले सरकारी राजस्वमा भएको नोक्सानीको मात्र हिसाब गरेर नपुग्ने धारणा राख्नुभयो। आयोजना ढिलाइ हुँदा किसानले गुमाएको उत्पादन, आम्दानी र खेती गर्ने अवसरको समेत लेखाजोखा हुनुपर्ने उहाँको भनाइ छ।
झाका अनुसार आयोजनाबाट करिब १ लाख ८० हजार बिघा जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य रहेकाले आयोजना सञ्चालनमा आएको भए हुने कृषि उत्पादन र त्यसबाट प्राप्त हुन सक्ने आम्दानीको पनि अध्ययन आवश्यक छ।
उहाँले २०८२ कात्तिक २५ गते ठेक्का प्रक्रिया रद्द गर्ने निर्णय किन गरियो भन्नेबारे निष्पक्ष छानबिन गर्न माग गर्नुभयो। निर्माण अघि बढिसकेको र सुरुङमा ब्रेकथ्रु भइसकेको अवस्थामा प्रक्रिया परिवर्तन गर्नुको कारणसमेत स्पष्ट हुनुपर्ने उहाँको जोड थियो।
राजनीतिक पूर्वाग्रहका कारण राष्ट्रिय महत्त्वका आयोजना प्रभावित हुन नदिन समितिले गम्भीर अध्ययन गर्नुपर्ने झाको माग छ। समितिका सभापति भरतबहादुर खड्काले थप छानबिनका लागि सात दिनभित्र आवश्यक कागजात उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ।
श्रीमती को शंकास्पद मृत्यु प्रकरण: घाँटी थिचेर हत्या गरेको आरोपमा श्रीमान् पक्राउ
मकवानपुरका दुई स्थानबाट गाँजा र धुलोसहित चार युवा पक्राउ
क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा
कात्तिक २० गते शुक्रबार को राशिफल
कात्तिक १९ गते विहिवार को राशिफल
कात्तिक १८गते बुधबार को राशिफल
तारकेश्वरमा साझा बस सेवा सञ्चालन हुने
पश्चिम नेपालमा न्यून चापीय क्षेत्रको प्रभाव घट्दै, मौसममा क्रमिक सुधार हुने