आज सार्बजनिक विदा
3 years ago
पुस १०गते :आज क्रिसमस डे । हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुसियाली मनाउने परम्पराअनुसार नेपालसहित संसारभरका क्रिश्चियन धर्मालम्बीले क्रिसमस मनाउँदैछन् ।
२००० वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि पुर्याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ ।
‘ख्रीष्टमस’ पनि भनिने यस अवसरमा आज देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरिँदैछ । क्रिसमस डेमा येशुको शिक्षा एवं उपदेशको मनन गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गरिन्छ ।
यस अवसरमा राष्ट्रिय ख्रिष्टियन महासंघले विभिन्न कार्यक्रम आयोजना गरेको छ । क्रिसमसका अवसरमा काठमाडौंको ठमेल, बौद्ध, ललितपुर, भक्तपुर, पोखरालगायत स्थानमा विशेष रौनक छ । क्रिसमस ट्रीलगायतले बजार र ठूला व्यापारिकस्थल सजाइएको छ ।
नेपालमा चार सय वर्ष अघिबाट क्रिसमस मनाउन थालिएको राष्ट्रिय ख्रिष्टियन महासंघका पदाधिकारीहरु बताउँछन् । क्रिसमस डेका अवसरमा सरकारले सम्बन्धित धर्मालम्बीहरूलाई आज सार्वजनिक बिदासमेत दिएको छ ।
महोत्तरी को जिल्ला वन को गाडि आगजनि विपि राज मार्ग अवरुद्ध
सुन कोसि मा डुबेर दुई बालक को ज्यान गयो
सरकारले नयाँ सार्वजनिक सवारी साधन दर्तामा रोक लगाउने निर्णय
शंखमुल फिडर क्षेत्रमा आज केही समय विद्युत् सेवा अवरुद्ध हुने
पोखरा महानगरपालिकाले फिर्केखोला र पृथ्वीचोक बसपार्क क्षेत्रको अतिक्रमित जग्गा खाली गराउने
सिन्धुलि को भिमान बाट लागूऔषधसहित दुई जना पक्राउ
पश्चिमी वायुको प्रभाव : केही प्रदेशमा वर्षा र चट्याङको सम्भावना
दुर्गा प्रसाइ बिरगन्ज वाट पक्राउ
मापदण्डविपरीत सञ्चालनमा रहेका राजधानी का ६९ कन्सल्टेन्सी कारवाहि मा
केन्द्रीय कारागारबाट फरार भएकी तामाङ असन बाट पक्राउ