मंसिर १४, २०८३

सेवाग्राहि लाई हैरानि दिने सात विचाैलिया पक्राउ

23 hours ago

 

मङ्सिर १२गते ✍️ होप अनलाईन मिडिया

जिल्ला प्रशासन कार्यालयमा

जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आउने सर्वसाधारणलाई अनावश्यक दुःख र हैरानी दिएको अभियोगमा प्रहरीले सात जना बिचौलियालाई नियन्त्रणमा लिएको छ।

कार्यालय परिसरमा बिचौलियाको बिगबिगी बढेको र सेवाग्राहीले सास्ती खेप्नुपरेको भन्दै व्यापक जनगुनासो आएपछि जिल्ला प्रहरी परिसर काठमाडौँबाट परिचालित टोलीले उनीहरूलाई पक्राउ गरेको हो। परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार पक्राउ पर्नेहरूमा विभिन्न जिल्लाका व्यक्तिहरू संलग्न छन्।

पक्राउ पर्नेहरूको विवरण:

 कमल खड्का (४२): सुनकोशी गाउँपालिका–२, सिन्धुली

 गोपालबहादुर विष्ट (५०): गौरादह नगरपालिका–७, झापा

 देवप्रसाद अर्याल (४६): भिरकोट नगरपालिका–५, स्याङ्जा

 नरेन्द्रप्रसाद भण्डारी (५६): अनामनगर, काठमाडौँ महानगरपालिका–२९

 ओमशरण रानामगर (५७): इमाडोल, ललितपुर

 रमेशप्रसाद पुडासैनी (४८): कागेश्वरी मनोहरा नगरपालिका–३, काठमाडौँ

 स्वयम्कृष्ण निरौला (५७): म्याङलुङ नगरपालिका–६, तेह्रथुम

प्रहरीका अनुसार नियन्त्रणमा लिइएका सातै जनालाई हिरासतमा राखी घटनाबारे थप अनुसन्धान अगाडि बढाइएको छ।

दिएको अभियोगमा प्रहरीले सात जना बिचौलियालाई नियन्त्रणमा लिएको छ।