आजको मौसम अपडेट: देशका धेरै स्थानमा वर्षा र चट्याङको सम्भावना
17 hours ago
असार १५गते✍️ होप अनलाईन मिडिया
हाल देशका अधिकांश क्षेत्रमा मनसुन सक्रिय रहेको छ। मौसमविद्का अनुसार कोशी, मधेस र बागमती प्रदेशमा मनसुनको प्रभाव व्यापक रूपमा देखिएको छ भने गण्डकी र लुम्बिनीका केही क्षेत्रमा पनि यसको असर कायम छ। कर्णाली तथा सुदूरपश्चिमसहित बाँकी क्षेत्रमा भने पश्चिमी र स्थानीय वायुको प्रभाव देखिएको छ, जहाँ आगामी २–३ दिनभित्र मनसुन पूर्ण रूपमा फैलिने अनुमान गरिएको छ।
आज देशभर सामान्यदेखि पूर्ण बदली रहने सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा धेरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा पनि केही स्थानमा वर्षा हुने सम्भावना रहेको छ।
तराईका विभिन्न जिल्लामा पनि मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा पर्ने अनुमान गरिएको छ। विशेषगरी कोशी प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्क रहन आग्रह गरिएको छ। कोशीको तराई र मधेस प्रदेशका केही क्षेत्रमा हावाहुरी चल्ने सम्भावना पनि रहेको छ।
आज राति पनि मौसम पूर्ण रूपमा सुधार हुने संकेत छैन। देशका अधिकांश क्षेत्रमा बदली कायम रहनेछ। पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा जारी रहने सम्भावना छ भने तराईका धेरै स्थानमा पनि वर्षा हुन सक्छ।
विशेषगरी कोशी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ। साथै मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने भएकाले नदी–नाला आसपास, पहिरो प्रभावित क्षेत्र तथा डुबान हुन सक्ने स्थानमा आवश्यक सावधानी अपनाउन मौसमविद्ले सुझाव दिएका छन्। कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई क्षेत्र तथा मधेसका केही स्थानमा हावाहुरीको सम्भावना पनि रहेको छ।
आज राष्ट्रिय धान दिवस , दहि चिउरा खाएर मनाईदै
असार १५ गते सोम वार को राशिफल
गृहमन्त्री गुरुङको आकस्मिक सीमा अनुगमनपछि सुरक्षा संयन्त्रमा हलचल
असार १४ गते आइतवार को राशिफल
प्यूठानमा सवारी दुर्घटना : स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मीनराज राना मगरको निधन
असार १३गते शनिवार को राशिफल
असार १२गते शुक्रवार को राशिफल हेर्नुहोस
असार ११गते बिहिवार को राशिफल
श्रमिकलाई न्यूनतम पारिश्रमिक नदिए कानुनी कारबाही हुने सरकारको चेतावनी
असार १०गते बुधवार को राशिफल