एसईई को नतिजा आगामी दुई दिनभित्र सार्वजनिक गर्ने तयारी
1 month ago
बैशाख २७गते ✍️ होप अनलाईन मिडिया
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा आगामी दुई दिनभित्र सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ । बोर्डले उत्तरपुस्तिका परीक्षण तथा विवरण प्रविष्टिको अधिकांश काम सम्पन्न भइसकेको र अहिले अन्तिम रुजु तथा प्राविधिक परीक्षण भइरहेको जानकारी दिएको छ ।
परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको छ । उनले नतिजामा कुनै त्रुटि नहोस् भन्ने उद्देश्यले सूचना प्रविधि (आईटी) सम्बन्धी कामलाई विशेष प्राथमिकता दिइएको बताए । आईटीतर्फको काम पूरा भएपछि बोर्ड बैठक बसेर औपचारिक रूपमा नतिजा सार्वजनिक गरिने जनाइएको छ ।
यस वर्ष एसईई परीक्षा चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको थियो । परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिएको कारण विगतको तुलनामा नतिजा छिटो प्रकाशन गर्न सम्भव भएको बोर्डको भनाइ छ । शिक्षकहरूको सक्रिय सहभागिताका कारण मूल्यांकन प्रक्रिया प्रभावकारी बनेको अधिकारीले उल्लेख गरेका छन् ।
यसपटक एसईई परीक्षाका लागि कुल ५ लाख १२ हजार ४२१ विद्यार्थीले आवेदन दिएका थिए । तीमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ विद्यार्थी सहभागी भएका थिए । परीक्षार्थीमध्ये २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र तथा अन्य ७ जना रहेका छन् ।
कक्षा १२ को नतिजा सार्वजनिक, समग्र उत्तीर्ण दर ६४.१३ प्रतिश
असार ५गते शुक्रवार को राशिफल
आज असार ४गते विहिवार को राशिफल
इरानसँगको सहमति अझै अन्तिम चरणमा पुगेको छैन : ट्रम्प
ब्राजिल र मोरक्को १–१ गोलको बराबरीमा रोकिए
काभ्रे बस दुर्घटना : सत्यतथ्य पत्ता लगाउन ६ सदस्यीय छानबिन समिति गठन
क्यानडा र बोस्नियाबीच बराबरी, दुवैले बाँडे एक–एक अंक
भारत भ्रमणमा निस्किए परराष्ट्रमन्त्री खनाल, द्विपक्षीय सहकार्य विस्तारमा जोड