केन्द्रीय कारागारबाट फरार भएकी तामाङ असन बाट पक्राउ
2 hours ago
जेठ ४गते ✍️ होप अनलाईन मिडिया
केन्द्रीय कारागारबाट फरार भएकी सपना तामाङलाई प्रहरीले पुनः पक्राउ गरेको छ। उनलाई आइतबार राति काठमाडौंको असनस्थित बांगेमुढा क्षेत्रबाट नियन्त्रणमा लिइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
अपहरण, हत्या तथा डकैतीसम्बन्धी मुद्दामा अदालतबाट २५ वर्ष कैद सजाय पाएकी तामाङ शुक्रबार कारागारबाट फरार भएकी थिइन्। कारागारको पर्खाल नाघेर भागेको घटना सार्वजनिक भएपछि सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ। जेल प्रशासनले घटना बारे विस्तृत अनुसन्धान गर्न छुट्टै छानबिन समिति गठन गरेको जनाएको छ।
प्रहरीले फरार हुन सहयोग गरेको आरोपमा भोजपुरका २६ वर्षीय साजन श्रेष्ठलाई पनि पक्राउ गरेको छ। अपराध अनुसन्धान कार्यालयका अनुसार प्रारम्भिक अनुसन्धानमा श्रेष्ठ र तामाङबीच प्रेम सम्बन्ध रहेको खुलेको छ। श्रेष्ठकी आमा पनि उदयपुर कारागारमा रहेको र आमालाई भेट्न आउने क्रममा उनीहरूबीच चिनजान बढेको प्रहरीको भनाइ छ।
अनुसन्धानमा तामाङलाई कारागारबाट निस्किएपछि मोटरसाइकलमार्फत सुरक्षित स्थानतर्फ लगिएको विवरण समेत खुलेको छ। प्रहरीले घटनामा अन्य व्यक्तिको संलग्नता भए नभएको विषयमा पनि थप अनुसन्धान अघि बढाएको जनाएको छ।
मापदण्डविपरीत सञ्चालनमा रहेका राजधानी का ६९ कन्सल्टेन्सी कारवाहि मा
आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुँदै
सामान्य विवाद मा चक्कु प्राहार बाट एक जना को मृत्यु
वडा सचिव लाई धम्कि दिने युवक प्रहरी द्वारा पक्राउ
एसइई को नतिजा सार्वजनिक यसरि हेर्नुस
सिन्धुली को दुधौली नगरपालिका र मरिण गाउँपालिका का बासिन्दा लाई जग्गा पास गर्न सदरमुकाम जानु नपर्ने
एसईई को नतिजा आगामी दुई दिनभित्र सार्वजनिक गर्ने तयारी
सरकारले निजामती कर्मचारीभित्र रहेका दलीय आधारका ट्रेड युनियनहरू खारेज
आज आइतवार को माैसम कस्तो छ