गाेरखा मा घर काे पिडि बाट लड्दा एक काे मृत्युु
3 years ago
कात्तिक २२गते :आफ्नै घरको पिढीबाट लडेर एक बृद्वको ज्यान गएको छ । ज्यान गुमाउनेमा सिरानचोक गाउँपालिका–८ जौबारीको माथिल्लो फिनामका ६८ बर्षिय भिमु गुरुङ भएको गोरखा प्रहरीले पुष्टी गरेको हो ।
आइतबार बेलुकी ६ बजे आफ्नै घरको पिढीबाट लडेका गुरुङको टाउकोमा चोट लागेको थियो । चोट लागेर घाईते भएका गुरुङलाई स्थानिय जौबारी प्रार्थमिक स्वास्थ्य केन्द्र लगिएकोमा उनलाई चिकित्सकहरुले मृत्त घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक तथा सूचना अधिकारी रबिन्द्र अधिकारीले जानकारी दिए ।
घटना लगत्तै जौबारीमा रहेको प्रहरीको टोली घटना स्थल पुगेको थियो । प्रहरीले घटनाको मुचुल्का तथा प्रारम्भिक अनुसन्धानको काम सकेर गुरुङको शव उनका आफन्तलाइ बुझाएको पनि प्रहरीले जनाएको छ ।
मृत्तक गुरुङ आइतबार नै पोष्टमार्टम गरिएको पनि गोरखा प्रहरीले जानकारी दिएको छ ।
कक्षा १२ को नतिजा सार्वजनिक, समग्र उत्तीर्ण दर ६४.१३ प्रतिश
असार ५गते शुक्रवार को राशिफल
आज असार ४गते विहिवार को राशिफल
इरानसँगको सहमति अझै अन्तिम चरणमा पुगेको छैन : ट्रम्प
ब्राजिल र मोरक्को १–१ गोलको बराबरीमा रोकिए
काभ्रे बस दुर्घटना : सत्यतथ्य पत्ता लगाउन ६ सदस्यीय छानबिन समिति गठन
क्यानडा र बोस्नियाबीच बराबरी, दुवैले बाँडे एक–एक अंक
भारत भ्रमणमा निस्किए परराष्ट्रमन्त्री खनाल, द्विपक्षीय सहकार्य विस्तारमा जोड