जेन–जी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
2 months ago
✍️ होप अनलाइन मिडिया ,साउन ३०गते
सरकारले जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिका परिवार तथा घाइतेलाई स्वरोजगार र उद्यम सञ्चालनमा सहयोग पुर्याउने उद्देश्यले ५० लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ।
अर्थ मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी (दोस्रो संशोधन) कार्यविधि, २०८३’ मार्फत यस्तो नयाँ व्यवस्था ल्याएको हो। संशोधित कार्यविधिमा जेन–जी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई लक्षित गरी छुट्टै स्वरोजगार उद्यम कर्जा कार्यक्रम समावेश गरिएको छ।
व्यवस्थाअनुसार आन्दोलनमा शहीद भएको व्यक्तिका पति वा पत्नी, छोरा, छोरी, बाबु वा आमाले यस्तो कर्जा सुविधा प्राप्त गर्न सक्नेछन्। शहीद परिवार वा घाइते भएको प्रमाण भने नेपाल सरकार वा कानुनअनुसार अधिकारप्राप्त निकायबाट प्रमाणित भएको हुनुपर्नेछ।
यस कर्जामार्फत कृषि तथा पशुपन्छी व्यवसाय, घरेलु तथा साना उद्योग, सेवा क्षेत्र, सूचना प्रविधिमा आधारित व्यवसाय, पर्यटन, उत्पादनमूलक उद्योग तथा स्टार्टअप सञ्चालन गर्न सकिनेछ। सरकारले भविष्यमा तोक्ने अन्य उत्पादन तथा रोजगारी सिर्जना गर्ने व्यवसायका लागि समेत कर्जा उपलब्ध गराउन सकिने व्यवस्था गरिएको छ।
सरकारले आन्दोलनबाट प्रभावित परिवार र घाइतेलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने तथा रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले सहुलियतपूर्ण कर्जाको दायरा विस्तार गरेको जनाएको छ।
असोज २४ गते शनिबार को राशिफल
असोज २३ गते शुक्रबार को राशिफल
लुटपाट र चोरि को आरोप मा मरिण सिन्धुली को माझि सहित तिनजाना पक्राउ
असोज २२ गते विहिवार को राशिफल
असोज २१ गते बुधबार को वार को राशिफल
भालुको पित्त र हात्तीको दाह्रासहित सिन्धुली र काठमाडौं बाट तिन जाना पक्राउ
दशै को टिका को साईत विहान १० बजेर २६ मिनेट मा