ट्रक को ठक्कर बाट माेटरसाईकल चालक काे ज्यान गयाे
3 years ago
पुस १८गते :चितवनमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ । नारायणगढ मुग्लिङ सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित केरावारी नजिक हिजो साँझ अन्दाजी ६ बजे ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
मुग्लिङबाट नारायणगढतर्फ आउदै गरेको ना ६ ख ३३१२ नम्बरको ट्रकले विपरित दिशाबाट जाँदै गरेको बागमती प्रदेश ०३–००३ प ६५७४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भिर घाइते भएका मोटरसाइकल चालक तनहु जिल्ला भानु नगरपालिका ८ निवासी बर्ष ३८ को सन्जिव रायमाझीको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने ट्रक र ट्रकको चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरिक्षक विजयराज पण्डितले जानकारी दिए ।
असार ६गते शनिवासर को राशिफल
कक्षा १२ को नतिजा सार्वजनिक, समग्र उत्तीर्ण दर ६४.१३ प्रतिश
असार ५गते शुक्रवार को राशिफल
आज असार ४गते विहिवार को राशिफल
इरानसँगको सहमति अझै अन्तिम चरणमा पुगेको छैन : ट्रम्प
ब्राजिल र मोरक्को १–१ गोलको बराबरीमा रोकिए
काभ्रे बस दुर्घटना : सत्यतथ्य पत्ता लगाउन ६ सदस्यीय छानबिन समिति गठन
क्यानडा र बोस्नियाबीच बराबरी, दुवैले बाँडे एक–एक अंक
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ ले पदभार सम्हालेसँगै सबै फाईल खोल्ने भनाई