न्यायाधीश श्यामसुन्दर अधिकारी सर्वोच्च तानिए
4 years ago
४ साउन, काठमाडौं । न्यायपरिषदले बाँकेका जिल्ला न्यायाधीश श्यामसुन्दर अधिकारीलाई सर्वोच्च अदालतमा तानेको छ । केही गम्भिर उजुरी परेपछि छानविनका क्रममा अधिकारी सर्वोच्च अदालत ताएिका हुन् ।
‘उहाँमाथि केही गम्भिर उजुरीहरु छन्, पटकपटक आर्थिक स्वार्थ र लेनदेनको कारण न्यायसम्पादन प्रभावित पारेको आरोपमा उहामाथि उजुरी परेको हो,’ परिषद स्रोतले भन्यो, ‘यसपालि पनि त्यही आरोपमाथि छानविनको सिलसिलामा झिकाइएको हो ।’
थियो । बाँकेकी अधिकारकर्मी रुवी खानलाई पक्राउ गर्दा उनीमाथि ‘यान्त्रिक रुपमा पक्राउ अनुमती दिएको’ आरोप लागेको थियो । २८ असोज २०७८ मा सर्वोच्च अदालतले नै उनीमाथि प्रश्न उठाएको थियो ।
अधिकारीमाथि सप्तरी जिल्ला अदालतमा हुँदा घुस खाएको आरोप पनि छ । उनको खातामा शंकास्पद रुपमा ८ लाख रुपैयाँ भेटिएको थियो । त्यतिबेलै न्यायाधीश सपना प्रधान मल्लको इजलासले बर्खास्तीको सिफारिस गरेको थियो । तर कार्यान्वयन भएको थिएन । न्यायपरिषद स्रोतले भन्यो, ‘उनले पूर्व प्रधानन्यायाधीश दामोदर शर्मालाई प्रयोग गरी प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरालाई प्रभावित पारेर प्रतिवेदन कार्यान्वयन भएन ।’
ब्राजिल र मोरक्को १–१ गोलको बराबरीमा रोकिए
काभ्रे बस दुर्घटना : सत्यतथ्य पत्ता लगाउन ६ सदस्यीय छानबिन समिति गठन
क्यानडा र बोस्नियाबीच बराबरी, दुवैले बाँडे एक–एक अंक
भारत भ्रमणमा निस्किए परराष्ट्रमन्त्री खनाल, द्विपक्षीय सहकार्य विस्तारमा जोड
विदेशबाट फर्किने नेपालीका लागि नयाँ भन्सार सुविधा लागू
नेपालमा पर्यटक आगमन बढ्दो, मे महिनामै एक लाखभन्दा बढी विदेशी भित्रिए
धालिलो हतियार प्रहार गरि श्रीमति को हत्या गर्ने श्रीमान पक्राउ
दैलेखमा पेट्रोलियम उत्खननको नयाँ तयारी, दोस्रो चरणको सम्झौता हुँदै