बालि खाकाे निउमा देवर ले कुटपिट गर्दा भाउजू काे ज्यान गयाे
3 years ago
पुस १४गते :सिराहाको मिर्चैयामा पाडोले बाली खाएको निहुँमा देवरले कुटपिट गर्दा भाउजूको मृत्यु भएको छ। भैँसीको पाडोले बाली खाएको निहुँमा भएको झगडामा देवरले कुटपिट गर्दा मिर्चैया नगरपालिका– ३ बलुवाटोलकी ४५ वर्षीया मनतुतदेवी यादवको बुधबार बेलुका मृत्यु भएको हो।
आफ्नै देवर रामदेव यादवको कुटपिटबाट गम्भीर घाइते भएपछि आफन्तको सहयोगमा उपचार र प्रहरीलाई खबर गर्न घरबाट निस्किएकी यादव गाउँबाट करिब पाँच सय मिटरको दूरीमा ढलेपछि नउठेको मिर्चैया प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी नायव उपरीक्षक हरिबहादुर वलीका अनुसार प्रहरीले जानकारी पाएलगत्तै यादवलाई तत्काल मिर्चैयास्थित मंगलम अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
कुटपिटमा संलग्न देवर फरार रहेकाले खोजी गरिरहेको उनले बताए। मृतक परिवारले बिहीबार अपराह्न मिर्चैया प्रहरीमा किटानी जाहेरी ल्याएपछि शव पोस्टमार्टमका लागि पठाइने उनले बताए।
घरनजिकैको बारीमा भैँसी चराउन गएकी यादवलाई पाडोले आफ्नो बाली खाएको भन्दै घर फर्किएपछि बुधबार साँझ देवर रामदेवले निर्घात कुटपिट गरेको प्रत्यक्षदर्शीले जानकारी दिएको प्रहरीले जनाएको छ। कुटपिटपछि गम्भीर घाइते बनेकी उनलाई मिर्चैयातिर लगिएसँगै प्रहरीलाई पनि खबर भएपछि रामदेव फरार भएको गाउँलेले बताए।
असार ६गते शनिवासर को राशिफल
कक्षा १२ को नतिजा सार्वजनिक, समग्र उत्तीर्ण दर ६४.१३ प्रतिश
असार ५गते शुक्रवार को राशिफल
आज असार ४गते विहिवार को राशिफल
इरानसँगको सहमति अझै अन्तिम चरणमा पुगेको छैन : ट्रम्प
ब्राजिल र मोरक्को १–१ गोलको बराबरीमा रोकिए
काभ्रे बस दुर्घटना : सत्यतथ्य पत्ता लगाउन ६ सदस्यीय छानबिन समिति गठन
क्यानडा र बोस्नियाबीच बराबरी, दुवैले बाँडे एक–एक अंक
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ ले पदभार सम्हालेसँगै सबै फाईल खोल्ने भनाई